Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

रबिमाथि पत्रकार सन्तोष देउजाको आक्रोश आफ्नै दाईको चित्त बुझाउन नसक्नेबाट हामी के अपेक्षा गर्ने ?

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार १३, सोमबार १०:२४ बजे प्रकाशित

काठमाडौ । रवि लामिछाने जतिबेलासम्म पत्रकार थिए । मैले कहिल्यै उनका बारेमा आलोचना गरिन । उनको पत्रकारिताको म सबैभन्दा ठुलो प्रशंसक थिए । व्यक्तिगत रुपमा उनी प्रति मेरो कुनै प्रतिशोध छैन ।

तर, अहिले उनी कुनै दलको नेता हुन् । दलका नेतालाई प्रश्न गर्न र फरक मत राख्न उनैले सिकाएका हुन । पार्टी भनेको विचार हो । खै उनले आफ्नो पार्टीको विचार र सिन्द्धान्तलाई प्रष्टसंग राखेको ? संघियता, गणतन्त्र, धर्मनिरपेक्षता, लेफ्टिष्ट वा राईटिष्ट, राजतन्त्र जस्ता वर्तमान नेपाली राजनीतिका मुलभुत बिषयमा पार्टीको बटम लाईन खै ?

arkhala ads

अनि उनकोपछि लागिदिनु पर्ने ? रवि दाई, हाई हाई भनिदिनु पर्ने ? कहिले राजावादीसंग नेगोसेशन, कहिले गणतन्त्रवादीसंग बार्गेनिङ्ग ? कतैबाट भने जस्तो नभएपछि स्वतन्त्रको नाममा हुज्जत देखाएर उनलाई जनताले चन्दा दिएर नेता बनाईदिनु पर्ने ?

बस्ति बनाउन जनताले चन्दा दिएर उनलाई हिरो बनाए ।
हस्पिटल बनाउन जनताले चन्दा दिएर उनलाई हिरो बनाए । अब राजनिति गर्न जनताले चन्दा दिनु पर्ने ? आफ्नै दाईको चित्त बुझाउन नसक्नेबाट हामीले कति धेरै अपेक्षा गर्ने ? रबि लामिछानेको पछि लाग्नु हामी मूर्ख होइन, महा मूर्ख हुन ।

परिवारवादको बिरोध गर्ने तर घरबाट निस्केदेखि घोषणासभा, भाषण र निर्वाचन आयोगको कार्यालयसम्म श्रीमती काखी च्यापेर फरियावादलाई प्रोत्साहन गर्ने ? अवधारणाको नाम दिएर पब्लिकलाई ७ बुँदामा Emotional Blackmail गर्ने ?

राम्रो गर्नुस् शुभकामना छ । तर परिवारवादको नाममा निषेध, संगठन बिनाको पार्टी, जनताबाट चन्दा जस्ता गैरराजनैतिक तर्कलाई समर्थन छैन । मलाई राम्रोसंग थाहा छ, के लेख्दा गाली र ताली आउछ । सन्तोस देउजाको वालबाट साभार।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved