Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार १४ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं । नेपालमा विभिन्न देशहरुबाट विदेशीहरु विभिन्न भिसामा नेपाल आउने गरेका छन् । कतिपय विदेशीहरु घुम्नका लागि आउँछन् भने कोहीको उदेश्य भने अलि अरु भन्दा फरक हुन्छ । नेपालमा कोरियन र अमेरिकी नागरिकहरुको भित्रिनेको संख्या भने अरु भन्दा बढदो छ ।

नेपाल सरकारले विदेशीहरुको नेपाल आउनु पछाडीको उदेश्यबारे गम्भिर नहुँदा सजिलै नेपाल प्रवेश गर्ने विशेष गरी कोरियन मिशनरीहरु विजनेश भिसा र भिजिट भिसाको नाममा सबैभन्दा धेरै ख्रीष्टियन मिशन लिएर आउने गरेका छन् । सबैभन्दा बढीजसो कोरियन नागरिकको बसोबास रहेको क्षेत्र हो ललितपुरको भैसेँपाटी । व्यापारको आवरणमा ख्रीष्टियन मिशन संचालन गरेका कोरियाली मिसनरीहरुको दबदबा विभिन्न क्षेत्रमा रहेको छ । त्यो मध्य शैक्षिक क्षेत्रको एक प्रतिनिधिमुलक नमुना कोरियन नागरिकको संस्थापनमा संचालित स्कुल हो ललितपुर स्थित लिभिङ स्टोन स्कुल ।

arkhala ads

गत शुक्रवार बेलुकी सोहि स्कुलमा अध्ययनरत बिध्यार्थी लिडिया पन्तको नाममा स्कुलले जारी गरेको स्कुलको विल सोही विद्यार्थीका अभिभावक राजेश पन्तले आफ्नो फेसबुक स्टाटसमा स्कुलको मासिक शुल्कको सन्दर्भमा चित्तनबुझेको र स्कुल प्रशासनसँग सम्पर्क गर्दा फोन सम्पर्क नभएको भनी विषय उठान गरएपछि रातोपाटी न्यज डट कमले ख्रीष्टियन स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुल्दै, सरकारसँग नियमन गर्ने ल्याकत नै छैन भन्ने शिर्षकमा समाचार लेख्यो।

तत्कालै पर्सीपल्ट आइतबार सो स्कुलको शुल्कका विषयमा स्पष्ट पारिदिन भन्दै स्कुलका संस्थापक कोरियन नागरिक एनी किम तथा स्कुल व्यवस्थापन साथै स्कुलका प्रिन्सिपलसँग रातोपाटीन्यूजले लगातार सम्पर्क गर्दा सूचना दिनबाट पन्छिएपछि ललितपुर महानगरपालिका शिक्षा शाखा सँग सो स्कुलको बिषय उठान हुँदा केही दिनमा स्कुलको अनुगमन गरिने सहितको अर्को समाचार पनि बाहिरियो,

तत्पश्चात हाम्रो पनि यो स्कुल र उठेका बिषयतर्फ ध्यानाकर्षण भयो र के रहेछ भने उक्त पीडित भनिएको अभिभावक राजेश पन्तसँग भेटेर बुझ्दा पन्त यसो भन्छन्, ‘स्कुल नजिकैको एक क्याफेमा स्कुलका संस्थापक र प्रिन्सिपल सहितको टोली मसँग भेट गर्न आउनुभयो, भेटका क्रममा मसँग सामाजिक सञ्जालमा उठेका विषयमा सोध्नुभयो स्कुलबाट गम्भिर त्रुटि भएको भन्दै अब देखि यस्तो गल्ति नदोहोरिने भन्दै मलाई माफी मागे, यो कुरा यतिमै मिलाम भन्यो तर समाचारमा व्यापक स्कुलका विषयमा नराम्रो प्रचार भएको भन्दै हटाइदिन लगाउन मलाई अनुरोध गर्नुभयो अनि कुरा सकियो।’

स्वतन्त्र पत्रकार संघ ललितपुर शाखा सचिब तथा सिलोआम चर्च ललितपुरका पास्टर समेत रहेका राजेश पन्तको यस्तो किसिमको गैरजिम्मेवार र फजुल कुराबाट चित्त नबुझेपछि स्कुल प्रिन्सिपल प्रणय कुमार गुरुङलाई सम्पर्क गर्दा पीडित अभिभावकलाई भेटर स्कुलका शुल्कबारे गम्भिर त्रुटि भएकोले अब आइन्दा नदोहोरिने भन्दै क्षमायाचना गरिएको बताए तर अन्य अभिभावककाे पिडाबारे कुरा उठान गरेनन्।

हामीले सोहि स्कुलका स्कुल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मणि कोईरालासँग यो बिषय के हो भनी बुझ्दा उनी भन्छन्, ‘नगरपालिका शिक्षा शाखा तथा स्कुलबाट पनि कुनै लिखित नियुक्ति नभएको र सो स्कुल के कसरी चलेको छ याे बिषयमा मलाई जानकारी छैन् र त्यस कुरामा म जवाफदेहि छैन, किनकि न म त्यहाँको कुनै आधिकारिक जिम्मेवारी व्यक्ति हो न मेरो बच्चाहरु त्यस स्कुलमा पढ्छन् ।’

मिसनरी रहेर अपांगता भएका, दुखि, गरिव तथा असहाय अनि असक्तहरुको बालबच्चाहरुलाई शिक्षाको क्षेत्रबाट सेवा गर्छु भनेर संचालन गरिएको यो स्कुलले यस्ता किसिमका बिद्यार्थीहरु कति जनालाई सेवा गरेका छन् भन्ने प्रस्न त यसै छ भने बिगत केही बर्षदेखि सोहि स्कुलमा ३ बच्चाहरूलाई पढाइरहेका अर्का अभिभावक बलराम अधिकारिको पनि उस्तै गुनासो छ ।

यदि सेवाको लागि स्कुल संचालनमा हो भने हरेक अंग्रेजी महिनाको अन्तमा मासिक सुल्क नबुझाए १०% अर्को महिना पनि नबुझाए २०% र यसैगरि ३०% हुँदै बढाउँदै अभिभावक ठगिरहेको छ। यो बिषयमा कुरा गर्ने कोहि छैन,न यो स्कुलले कहिल्यै अभिभावक भेला बोलाउँछ, न त मासिक शुल्क बृद्दि गर्दा अभिभावक सँग सल्लाह लिन्छ,, अधिकारीको आक्रोस र गुनासो छ।

पीडित राजेश पन्तले संजालमा असन्तुष्टि प्रकट गरेपछि फेरि स्कुलका संस्थापक तथा प्रिन्सिपल सहितलाई भेटेर फेरि यो समस्या हल भयो भन्नुको पछि कतै राजेश स्कुल सँग प्रलोभनमा पो परेकी भन्ने शंका रह्यो भने यदि अभिभावकहरु साच्चिनै पिडित छन् स्कुलबाट भन्ने जान्दा जान्दै अन्य पिडित अभिभावकहरुको पीडा त गुपचुप भएन ? प्रश्न यो हो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved