इन्द्रजेत नेपाली
गुल्मी । गुल्मीमा नाताले आफ्नै बुहारी पर्नेलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेको छ ।




जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई जवरजस्ती करणी गरेको अरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भिमबहादुर दाहालले बताए ।




नाताले आफनै भाइ बुहारी पर्ने १९ वर्षकी महिलालाई गोठमा जवरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले बताए । पक्राउ परेका आरोपित पुरुषमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















