Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेशमा आजदेखि बजेटमाथिको छलफल सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २०, सोमबार ०८:५३ बजे प्रकाशित

काठमाडौं, असार २० । गण्डकी प्रदेशसभामा आजदेखि आर्थिक वर्ष २०७९र०८० को बजेटमाथिको छलफल सुरु भएको छ । बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम नसमेटिएको लगायतका विवादका कारण यसमाथिको छलफल प्रारम्भ हुन नसकेकोमा सहमति कायम गरी आजदेखि छलफल थालिएको हो । आजको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन)ले यही असार १ गते सभासमक्ष प्रस्तुत गरिएको गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९-०८० को राजस्व र व्ययको वार्षिक अनुमान सम्बन्धमा बोल्दै नीति कार्यक्रमलाई सम्बोधन हुने गरी बजेट वक्तव्य आएको बताए।

समग्र गण्डकी प्रदेशको अवस्थालगायतलाई मध्यनजर राख्दै बजेट विनियोजन भएको उनले बताए । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य किरण गुरुङले लामो समयसम्म बजेटमाथिको छलफल बढ्न नसकेको भन्दै सरकारले संसद्लाई बन्धक बनाएको बताए । सरकारको आर्थिक स्रोत, केलाई प्राथमिकता दिने हो त्यसतर्फ ध्यान नदिइएको उनको भनाइ थियो । जनताको आवश्यकता र प्राथमिकताभन्दा पनि अन्यत्र ध्यान दिइएको बताउँदै उनले रातो पुस्तकसँग बजेटको कुनै साइनो नदेखिएको उल्लेख गरे ।

arkhala ads

नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका कार्यक्रमलाई बजेटमा नराखिएको उनले बताए । अर्का सदस्य विष्णुप्रसाद लामिछानेले सरकारले जनताका पक्षमा आउनका लागि मिहिनेत गरेको बताए । जनतालाई प्रत्यक्ष मारपर्ने विषय भएमा त्यसतर्फ गम्भीर बन्नुपर्ने बताउँदै उनले जनतालाई मर्कापर्ने विषय भए सच्याउनुपर्ने बताए । अर्का सदस्य खिमविक्रम शाहीले कार्यक्रम तथा बजेटमा कुनै पनि विषय पर्नुभन्दा पनि त्यसको कार्यान्वयन कसरी बढ्छ त्यो महत्वपूर्ण हुने बताए ।

आवश्यकताका आधारमा नगरीनहुने ठाउँ प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ थियो । मायानाथ अधिकारीले प्राथमिकतामा पर्नुपर्ने विषयलाई छोडेर आफ्नै ढङ्गले योजना बनाइएको बताए । सत्तारूढ दलमा नै भागबन्डा नमिलेर झगडा हुनु, संसद् नचल्नु जस्ता विषय गैरजिम्मेवारपन भएको उनले बताए । प्रदेशसभा सदस्यहरू विकास लम्साल र धनञ्जय दवाडीले नीति तथा कार्यक्रम र बजेटमा मेल नखाएको बताउँदै गण्डकी प्रदेश सरकारले सङ्घीयतालाई बदनाम गराउन खोजेको उल्लेख गरे । यो बजेटबाट प्रदेशको समृद्धि हासिल गर्न नसकिने उनीहरूको भनाइ छ ।

प्रदेशसभाको अर्को बैठक यही असार २१ गते बिहान ११ बजे बस्नेछ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved