नवलपुर, असार २१ । नवलपुर (नवलपरासी पूर्व) को कावासोती नगरपालिका–२ का जितबहादुर कामु मगर शिव माध्यमिक विद्यालयको कम्पाउण्ड बाहिर मृत भेटिएका छन् ।




असार २० गते बिहान १० बजेतिर कावासोती बजार जान्छु भनी हिडेका ८२ वर्षीय मगर राति अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आज मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




प्रहरीका अनुसार उनी आज बिहान विद्यालयको कम्पाउण्ड बाहिर मृत अवस्थामा फेला परेका हुन् । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।















