नन्दु यादव
नवलपरासी । सशस्त्र प्रहरी बल नेपालले पश्चिम नवलपरासी जिल्लाको सरावल गाउँपलिका – ७ स्थित बर्गदवा र पालिनन्दन गाउँपालिका वडा – २ स्थित मुडेराबाट करीव ३ लाख ५७ हजार रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ ।




बेवारीसे अवस्थामा रहेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासी मातहतमा रहेको बिओपी हरपुर र बिओपी भुजहवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।




बरामद सामान आवश्यक कार्वाहीका लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी राेशन घिमिरेले जानकारी दिनुभयाे । अहिले नवलपरासीमा सशस्त्र प्रहरीबलले निकै सक्रियताका लागि अबैध सामानहरु धमाधम पक्राउ गर्न गरेकाे बताईएकाे छ ।















