Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

काठमाडौँ उपत्यकामा साझाका तीन ओटा विद्युतीय बस संचालनमा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २३ | मध्यान्ह ०१:०३ बजे

काठमाडौं, असार २३ । साझा यातायातले काठमाडौ उपत्यकामा आज (बिहीबार) देखि ३ नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि संचालनमा आएका हुन् ।

बसको ‘सफ्ट लञ्च’ साझा यातायातका संस्थापक अध्यक्ष ८५ वर्षीय विश्वबन्धु थापाले गरेका हुन् । यी विद्युतीय बसमा महिला चालक र सहचालक छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी टेस्ट पनि सम्पन्न भइसकेको छ । यस्तै बाँकी ३७ वटा बस पनि २०७९ साउन मसान्तसम्म भित्रिने योजना रहेको बताएका छन् ।

arkhala ads

साझाले प्रति बस डेढ करोड रुपैयाँ लागतमा ४० वटा बसको लागि करिब ६१ करोड खर्चिँदै छ । यो बस ९ मिटर लामो छ । यसपछि १२ मिटर लामो र अन्तरप्रदेश चल्ने विद्युतीय बस ल्याउने तयारी पनि भइरहेको साझाले जनाएको छ । आजदेखि सञ्चालनमा आएका यी बस सेमी फ्लो अर्थात बालबालिका एवं वृद्धवृद्धा र अपाङ्गहरु चढ्न मिल्ने र्‍याम्पको सुविधाका साथै वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा पनि जडित छन् ।

दुई बस नयाँ बसपार्क, बालाजु, ठमेल, रत्नपार्क-सिंहदरबार बानेश्वर- मिनभवन हुँदै एयरपोर्ट रूटमा सञ्चालन हुनेछन् भने एउटा बस लगनखेल-लैनचौर-बाँसबारी हुँदै बुढानिलकण्ठ रूटमा सञ्चालनमा आउने छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved