Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

अख्तियारको कमिकमजोरीले अधिकृत सन्देशको भ्रष्टाचारमा बल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २४ | मध्यान्ह १२:०३ बजे

वीरगंज २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको कमिकमजोरीले गर्दा कार्यकारी अधिकृत सन्देश यादवलाई भ्रष्टाचार गर्नमा बल पुगेको छ । अधिकृत यादवले सखुवा प्रसौनी गाउँपालिकामा कार्यरत्त रहदा उनी माथि करोडौ करोड भ्रष्टाचार गरेको उजुरी २०७७ भदौ ३० गते अख्तियारमा परे पनि छानबिनको प्रक्रिया अघि नबढाई उजुरीलाई अख्तियारले थन्काएर राख्दा अधिकृत यादव भ्रष्टाचार गर्नमा तल्लिन देखिएका छन् ।

उजुरी परेको करिब २२ महिना बितिसक्दा पनि कारवाही प्रक्रिया अघि नबढेको विषयमा जिज्ञासा राख्दा एक अधिकारीले अबिलम्ब कारवाही प्रक्रिया अघि बढने बताए । अधिकृत यादवले विभिन्न गाउँपालिका, नगरपालिका हुदै हाल पटेर्वा सुगौली गाउँपालिकामा कार्यरत्त रहेका छन् । उनी जहाँ गए पनि कमिशनको मामिलामा गन्हाईसकेका अधिकृत यादवले भौतिक निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत असुल्ने गरेको समाचार स्रोतको भनाई रहेको छ ।

arkhala ads

अधिकृत यादवले सरकारी सेवामा प्रवेश गरे देखि हालसम्म करोडौ करोड कमिशन असुली आफ्न्तहरुको नाममा ठाउँ–ठाउँमा जग्गा र काठमाडौंमा आलिशान महल समेत किनेको स्रोतले जनाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा अन्य सेवा शुल्कमा २० लाख बिनियोजन गरिएकोमा सो रकमलाई अनावश्यक खर्च देखाई नक्कली बिल भर्पाई पेश गरी भ्रष्टाचार गरिएको स्रोतले जनाएको छ । त्यसैगरी गाउँपालिका स्तरीय शिक्षा प्रोफाईल तथा शिक्षा योजना निर्माणमा ४ लाख बिनियोजन गरिएकोमा सो रकमलाई कागजी मिलान गरी रकम झ्वाम पारिएको स्रोतले जनाएको छ ।

त्यसैगरी आखाँ शिविर कार्यक्रममा ५ लाख बिनियोजन गरिएकोमा एक गैरसरकारी संस्था संग मिली करिब २ लाख खर्च गरी बाकी रकममा अनियमित्ता भएको जनाईएको छ । त्यसैगरी भकारो सुधार कार्यक्रममा ४ लाख ५० हजार बिनियोजन भएकोमा यस कार्यक्रममा पनि कागजी मिलान गरि भ्रष्टाचार गरिएको स्रोतको कथन रहेको छ । त्यसैगरी भैपरी आउने चालु खर्चमा १९ लाख ५० हजार बिनियोजन गरिएकोमा विभिन्न मितिमा अनावश्यक खर्च देखाई नक्कली बिल भर्पाई पेश गरी हजम गरेका अधिकृत यादवले अख्तियार देखि सामान्य प्रशासन मन्त्रालयसम्म हाम्रो राम्रो सेटिङ्ग भएको भन्दै ठाउँ–ठाउँमा धाक लगाउदै गरेको स्रोतले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved