काठमाडौं, असार २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भइ आएका दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।




नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले शुक्रबार दुई वटा विधेयक प्रमाणीकरण गरेकी हुन् ।




राष्ट्रपति भण्डारीले विरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको उनको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
















