Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

पर्साबाट भोजपुरी फिल्मको हिरोइन बनाईदिने भन्दै १५ बर्षीया किशोरीलाई बेच्ने दुई जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २५ | बिहान १०:०३ बजे

पर्सा । भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल पर्साको वीरगञ्ज महानगरपालिका-१६ नगवा बस्ने चमेली देवी र भारत विहार, जिल्ला सितामढी, बासपट्टी पचरा बस्ने रोशन तिवारी रहेका छन्।

वीरगञ्ज बस्दै आएकी १५ वर्षीया बालिका २०७८ माघ १२ गतेदेखि हराएकी थिइन् । पक्राउ परेका दुवै जनाले किशोरीलाई भोजपुरी चलचित्रको हिरोईन बनाइ दिने प्रलोभन देखाइ भारतको बिहार राज्य, पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर हाल फरार रहेका एक भारतीय नागरिकसँग तिस हजार रुपाैयाँ भारु (भारतीय रुपाैयाँमा)मा बेचेको प्रहरीले जनाएको छ । ती भारतीय नागरीले पीडित किशोरीलाई विभिन्न कार्यक्रमहरूमा अश्लील नृत्य गर्न बाध्य बनाइ कसैसँग सम्पर्क गर्न नदिइ शारीरिक र मानसिक यातना दिइ राखेको अवस्थामा किशोरी असार २१ गते भागेर अभिभावकको सम्पर्कमा आएकी थिइन्।

arkhala ads

प्रहरीले पीडित किशोरीसँत सोधपुछ गर्दा उनलाई बेचबिखन गर्ने चमेली र तिवारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको तथा फरार रहेका भारतीय नागरिकको खोजि कार्य भइरहेको खनालले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved