Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

विराटनगरमा विद्युत आपूर्ति असहज, उपभोक्तालाई सास्ति

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २५ | मध्यान्ह १२:०३ बजे

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा विद्युत् आपूर्ति सहज नहुँदा उपभोक्ता हैरान भएका छन् । केही दिनदेखि विराटनगरको विद्युत् आपूर्ति नियमित नहुँदा उपभोक्ताहरु हैरान भएका हुन । दिउँसोको समयमा धेररैजसो बत्ती नआउने र रातिको समयमा पनि जाने भएपछि समस्या आएको हो।

विराटनगरमा बिजुली आउनेजाने गर्दा १८ घण्टा लोडसेडिङ हुँदाकै जस्तो बनेको उपभोक्ताहरूले बताएका छन। प्राधिकरणका कर्मचारीले प्राविधिक समस्या भन्दै आलटाल गर्ने गरेका छन्। प्राधिकरण विराटनगर शाखाका प्रमुख रोषण खड्काले केही दिनदेखि विद्युत् आपूर्तीमा समस्या भएको बताए। १३२ केभी प्रसारण लाइनको सबस्टेशन बन्दै गरेकाले सटडाउन भएपछि विराटनगरमा विद्युत आपूर्तीमा समस्या भएको उनको भनाइ छ।

arkhala ads

नेपाल विद्युत प्राधिकरण विराटनगरको वितरण कार्यालयका अनुसार विद्युत ‘ट्रिपिङ’ हुने, तार चुडिनेलगायतका समस्या हुनाले आपूर्तिमा अवरोध आएको हो। एक ठाउँमा समस्या आयो भने त्यसबाट सबैतिर अवरोध हुन्छ र समस्या पत्ता लगाउन केही समय लाग्ने भएकाले केही समय आपूर्ति बन्द भएको हो।साँझपख विराटनगर वितरण केन्द्रलाई ९५ मेगावाट विद्युत चाहिने बताइएको छ। गर्मीमा एकैपटक विद्युत खपत बढ्दा ‘ट्रिपिङ’ हुन गई आपूर्ति बन्द हुने गरेको उनको भनाइ छ।

दुहबीबाट विराटनगरका लागि दिइने विद्युतमा कुनै रोकावट छैन। जति चाहिने त्यतिनै दिइरहेको दुहबी ग्रिडले जनाएको छ। नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत ६ हजार ८ सय ग्राहक छन्। दुईवटा सबस्टेशनमार्फत २० वटा फिडर लाइनबाट ग्राहकहरुलाई विद्युत दिने गरिन्छ । सो केन्द्रको क्षेत्र विराटनगरबाहेक कटहरी, जहदा, ग्रामथान र बुढीगंगा गाउँपालिका हो। लामो क्षेत्र पर्ने हुँदा कतै समस्या आयो भने समस्या पत्ता लगाउन समय लाग्ने गरेको छ।

फिल्डका कर्मचारी समयमै फिल्डमा नपुग्ने, आपसी समन्वय र नेतृत्वमा कार्यकुशलताको कमीले गर्दा पनि विद्युत आपूर्तिमा त्यसको प्रभाव पर्ने गरेको छ।
दैनिक रूपमा उपभोक्ताहरूले संगठित भएर वितरण केन्द्र पुगेर गुनासो राख्दै आएपनि सुनवाही हुन नसकेको विराटनगर ६ का दिनेश कामतले बताए । गर्मीले घर बाहिर जान सकिने अवस्था नरहेको समयमा विद्युत आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बनेको बताए।

प्राधिकरणको कर्मचारी र व्यापारीको मिलोमतोमा सर्वसाधारणले पाउने विद्युत उद्योगमा दिने गरेकाले सास्ती खेप्नु परेको विजय कामतले बताए। उनले विद्युत हुँदाको समयमा पनि भोल्टेजको समस्या हुने गरेको बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved