Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २५ | मध्यान्ह १२:०३ बजे

काठमाडौं । नेपाल पत्रकार महासंघमा समयमा तलब नपाएको र कम तलब पाएको भन्दै ३०० उजुरी परेको छ । महासंघका अध्यक्ष बिपुल पोख्रेलले पत्रकार महासंघमा आफू अध्यक्ष भएर आएपछि मात्रै ३०० उजुरी परेको जानकारी दिएका हुन् ।

शनिबार ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले महासंघले समस्यामा परेकाहरूको सन्दर्भमा मौखिक आग्रह गर्ने, नभए दबाब दिने र मुद्दाको प्रक्रियामासमेत जाने रणनीति अन्तरगत कार्य गर्दै आएको बताए । तलब नदिने मिडियालाई कालो सूचीमा राखेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए ।

arkhala ads

महासंघ मिडिया हाउसको अगाडि उभिन, सडकमा उत्रिन र मन्त्रालयको अगाडि उभिन तयार रहेको बताए । तर समस्या समाधानका लागि नीतिगत रुपमै सुधार गरेर जानु पर्नेमा उनले जोड दिए । ‘हाम्रो आँखामा परेका पत्रकारका समस्या समाधान गर्न सकिएला तर आँखामा नपरेका साथीहरूको समस्या समाधान गर्न व्यक्तिगत रुपमा नसकिएला यसकारण नीतिगत रुपमै समाधानमा केन्द्रित हुनुपर्ने छ । हामी यसमै केन्द्रित छौं,’ उनले भने ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved