Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बिद्यार्थीलाई मरणासन्न हुने गरि कुट्ने प्रधानाध्यापकलाई कार्बाहीको माग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २५, शनिबार ०३:२४ बजे प्रकाशित

उदयपुर । भारतकै घटनाको झझल्को दिने गरि उदयपुरमा एक शिक्षकले मरणासन्न हुने गरि बिद्यार्थीलाई कुटपिट गरेका छन् । उदयपुरगढी गाउँपालिका – ५ स्थित आधारभुत बिद्यालय केउरिनीमा कक्षा १ मा अध्ययनरत ६ बर्षिय बालक प्रमोद रोकालाई प्रधानाध्यापक जिवन श्रेष्ठले निर्घात कुटपिट गरेका हुन् ।

बिहिबार बिद्यालयले आयोजना गरेको बक्तृत्वकला कार्यक्रममा पछाडी बसेर हल्ला गरेको भन्दै प्रधानाध्यापक श्रेष्ठले बालकलाई बाँसको भाटाले शरीर भरी निलडाम हुने गरि कुटपिट गरेको पिडितका बुवा राजु रोकाले बताउनुभयो । केहि समय अघि यस्तै प्रकृतिको घटना भारतको पटना स्थित एक कोचिङ सेन्टरमा मरणासन्न हुने गरि बिद्यार्थीलाई कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो ।

arkhala ads

बिहिबार उदयपुरमा भएको सोही प्रकृतिको घटनाले अहिले सामाजिक संजाल तातिएको छ । सामाजिक संजालमा अधिकारकर्मीहरुले नाबालक बिद्यार्थीलाई निर्घात कुटपिट प्रति आपत्ति जनाउँदै दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । आफ्नो नाबालक छोरालाई सामान्य बिषयमा मरणासन्न हुनेगरि कुटपिट गरिएकोमा बुवा राजु रोकाले निज दोषी शिक्षकलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यता बिद्यालयका प्रधानाध्यापक श्रेष्ठले बालकलाई आफुले पिटेको तर सामाजिक संजालमा सार्बजनिक भएको जस्तो निलडाम हुने नपिटेको बताएका छन् । उनले भने, ‘सामाजिक संजालमा सार्बजनिक भएजस्तो ढाडमा निलडाम छैन, त्यो नियतवश ईडिट गरेर हालिएको हो । यता पिडितका बुवा राजु रोकाले भने नाबलकलाई मरणासन्न हुनेगरि कुटपिट गरेपछि छोरा बिरामी अवस्थामा रहेको बताएका छनु । उनले न्यायका लागी सरोकारवाला सबैलाई सहयोग गर्न र दोषी शिक्षकलाई कारबाहीको लागी अनुरोध गरेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved