Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरी प्रधान कार्यालयको आदेशलाई धज्जि उडाउदै पर्सा प्रहरी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २६, आईतवार ०७:२७ बजे प्रकाशित

वीरगंज २६ असार । नेपाल प्रहरी प्रधान कार्यालयले जथाभावी काज सरुवाले बेथिति निम्त्याएको भन्दै काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेपनि पर्सा प्रहरीले उक्त सर्कुलरको कुनै वास्ता नै नगरेको बताइन्छ । नेपाल प्रहरी प्रधान कार्यालयले काजमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई तोकिएकै स्थानमा फिर्ता हुन सर्कुलर जारी गरेपनि पर्सा प्रहरीले आफ्नो नजिक भएका र केही आर्थिक प्रलोभनमा परी केही कर्मचारीलाई यथास्थितमा मात्र नराखी राम्रा ठाउहरुमा समेत पुरयाएको प्रहरी श्रोतले नै बताउछन ।

नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले प्रहरी नियमावली २०७१ को नियम ५२ विपरीत काज सरुवा माग्ने र दिने गर्दा त्यसको दुरुपयोग भएको भन्दै गत मंगलबार सर्कुलर जारी गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय पर्सा मातहात पर्ने प्रहरी चौकीमा कार्यरत दर्जनौ प्रहरी कर्मचारीहरु काज फिर्ता भएको ठाउमा नपुगी आय श्रोत हुने ठाउमा पुगेको श्रोतले दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले समेत त्यस बिषयमा चासो नदेखाउदा काज फिर्ता हुने ठाउमा नपुगी राम्रो आम्दानी हुने ठाउमा पुगेको श्रोतको भनाई रहेको छ ।

arkhala ads

काज सरुवा र बढुवाका लागि चेन अफ कमाण्ड तोड्दै विभिन्न शक्ति केन्द्रबाट सिफारिस गर्न लगाउने कार्य संगठनको अनुशासन विपरीत भएको भन्दै यस्तो गर्ने गराउनेलाई कडा कारबाही गर्ने चेतावनी समेत नेपाल प्रहरी प्रधान कार्यालयले दिएको थियो । तर आफ्नो पहुच राम्रो भएकै कारण काज फिर्ता नगरी राम्रा आम्दानी हुने ठाउहरुमा पुरयाएको जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतले जानकारी दिएको छ । श्रोतले जनाए अनुसार नेपाल प्रहरी संगठनको नीति र निर्देशनलाई पालना गर्ने हामी सबैको दायीत्व भएपनि उक्त दायीत्वको धज्जि उडाउदै पर्सा प्रहरीले मनोमानी ढंगले कागज फिर्ता गर्नुको साटो आर्थिक प्रलोभनमा परी राम्रा ठाउहरुमा पुरयाउने गरेको आरोप लगाए ।

प्रहरी कार्यालय र प्रदेश ट्राफिक कार्यालयबाट घर ठेगाना भएका स्थानमा प्रहरी कर्मचारीको काज गरिएकाले त्यस्ता काजहरु तत्काल रद्द गर्न समेत प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको थियो । तर केही पर्सा जिल्ला निवासी कर्मचारीलाई नै ढाकछोप गर्दै आइएको समेत खुलेको श्रोतको भनाई रहेको छ । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतले प्रहरी प्रधान कार्यालयले दिएको निर्देशन अनुसार काज फिर्ता हुने कर्मचारीहरुलाई फिर्ता पठाउने कार्य जारी राखेको बताउनु भयो । उहाँले कुनैपनि सर्तमा काज फिर्ता हुने कर्मचारीलाई यथास्थितमा राख्न नसकिने बताउदै दुई दिन भित्र काज फिर्ता हुने सबै कर्मचारीलाई फिर्ता पठाइने बताउनु भयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved