टोप कामु मगर
बुटवल । रुपन्देही बुटवलको एक होटलमा बास बस्न गएकी एक किशोरी होटलमै मृत अबस्थामा फेला परेकी छन् । बुटवल उपमहानगरपालिका – २ की १६ वर्षीया समीक्षा गुरुङ मृत फेला परेकी हुन् ।




प्रहरीका अनुसार बुटवल उपमहानरपालिका–३ मा रहेको पाल्पाली होटलको कोठामा एक युवकको साथ समीक्षा शुक्रबार राती करिव साढे १० बजे त्यस होटलमा बास बस्न पुगेको थियो । उनीसँगै गएका युवक भने सोही दिन राती नै होटलबाट निस्केर हिँडेको होटल सञ्चालकले यस अनलाईनलाई जानकारी दिएका छन् ।




सोही होटेलमा बस्न गएका युवक राती नै खाना खाएको बिल तिरेर निस्किएको होटलवालाले प्रहरीलाई बताएका थिए । शनिबार दिउँसो उक्त होटलको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको खबर पाएपछि प्रहरी घटना स्थलमा पुगेर मृतकको सनाखत गरेको थियो । बेपत्ता युवकको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।















