चितवन, असार २६ । चितवनमा बस मर्मत गर्ने क्रममा सोही बसले किचेर सहचालकको मृत्यु भएको छ ।




मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२४ का २१ वर्षीय सुरज नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकलाई किचेको हो ।




बसले किचेर गम्भीर घाइते भएका नेपालीको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बस चालक प्रहरीको नियन्त्रणमा छन् ।















