Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

वीरगंजको भकुवा नाका हुदै व्यापक तस्करी, माथिल्लो निकायसम्म मौन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २६ | मध्यान्ह ०६:०३ बजे

पर्सा, २६ असार । वीरगंज महानगरपालिका अन्तर्गत पर्ने भकुवा नाका हुदै प्रहरी प्रशासनकै मिलोमतोमा व्यापक रुपमा तस्करी बढेपनि स्थानीय प्रहरी चौकीदेखी माथिल्लो निकायसम्म मौन धारण गरेको पाइन्छ । तस्कर समुहले स्थानीय प्रहरीदेखी माथिल्लो निकायसम्म रकम बुझाए पश्चात तस्करीको लाइन निर्वाध रुपले बढेको पाइएको हो ।

अस्थायी प्रहरी पोष्ट भकुवाका प्रमुख प्रहरी सहायक निरीक्षक भिम पौडेल लगायत माथिल्लो निकायसम्म सेटिङ भए पश्चात तस्करी गर्ने तस्करका संजाल सलबलाएको बुझिन्छ । माथिल्लो निकायसम्म तस्करीको सेटिङ भए पश्चात भकुवा नाका हुदै निर्वाध रुपमा तस्करीको गर्ने गिरोह सलबलाएका हुन । नेपाल र भारतको सीमा नाका हुदै तस्करी गर्न गिरोह प्रहरीको माथिल्लो निकायसम्म रकम नबुझाए तस्करी गर्न असम्भव नै भएको कारण माथिल्लो निकायसम्म मासिक नजराना स्वरुप रकम बुझाउदै आएको प्रहरी श्रोतको भनाई रहेको छ । अस्थायी प्रहरी पोष्ट भकुवाका एक जना प्रहरी श्रोतका अनुसार दिनभरी स—साना आइमाईको माध्यमले तस्करी हुने गरेको पाइएपनि रातिको समयमा तस्करीको मालसमान स्कटीङ गर्नको निम्ति प्रहरी चौकीबाटै प्रहरी परिचालन हुने गरेको बताए ।

arkhala ads

अस्थायी प्रहरी पोष्ट भकुवाका प्रमुख प्रहरी सहायक निरीक्षक भिम पौडेल गए दिनदेखि नै भकुवा नाका तस्करहरुको अखडाको रुपमा चिन्न थालिएको स्थानीयहरुले नै बताउन थालेका छन । भकुवा नाकामा दिनहु सीमा प्रहरी चौकी छपकैया, वडा प्रहरी कार्यालय बिर्ता लगायत बोर्डर आउट पोष्ट श्रीसियाबाट समेत प्रहरीहरु आउने गरेपनि मालसमान अवैध तरिकाले आयात हुने समयमा जाने गरेको एक जना स्थानीयले आफ्नो नाम सम्प्रेशन नगर्ने सर्तमा बताएका छन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका प्रहरी सहायक निरीक्षक भिम पौडेलले आफ्नो वर्दी र पावरको गलत दुरुपयोग गर्दै सीमाबाट हुने अवैध कृयाकलापबाट मासिक लाखौ रुपैया आर्जन गर्न सफल भएका छन ।

उनको माथिल्लो निकायसम्म राम्रो पहुच भएकै कारण भकुवा नाका हुदै व्यापक रुपमा तस्करीको लाइन खोलिएको प्रहरी भित्रै चर्चाको बिषय बनेको छ । नेपाल प्रहरी संगठनलाई अब्बल संगठनको रुपमा मानिएपनि केही कर्मचारीको लापरवाही र गैर जिम्मेवारीपनका कारण संगठन माथि नै बेला कुबेला प्रश्ण उठदै आएको छ । तसर्थ: यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतको समेत ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG-20260920-WA0002

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको...

  • २०८३ अशोज ४ | मध्यान्ह ०५:०६ बजे
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved