Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रहरीको नाममा पत्रकारनै रकम असुली गर्दै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार २७, सोमबार ०६:२६ बजे प्रकाशित

वीरगंज, २७ असार । नेपाल र भारतको सीमाबाट हुने अवैध कृयाकलाप लगायत प्रहरी सरुवा लगायतको कामलाई मिलाई दिने भन्दै प्रहरीको नाममा पत्रकारले नै रकम उठाउने गरेको रहस्य उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत क्राइम शाखा लगायत प्रदेश प्रहरी कार्यालयको नाममा समेत अवैध तरिकाले कार्य गर्ने गिरोह संग रकम असुली धन्दा पत्रकारकै माध्यमले हुने गरेको पाइएको हो ।

नेपाल र भारतको सीमाबाट तस्करी गर्ने गिरोह संग सहकार्य गर्दै पत्रकारले नै प्रहरीको नाममा रकम असुल गर्ने गरेको एक तस्करी गर्ने गिरोहकै मुख्य नाइकेको मोबाइल रेकर्डबाट प्रमाणित भएको छ । नेपाल प्रहरी र तस्कर गिरोहको सेन्डिकेट मिलाउन पत्रकारकै सहयोग र संरक्षण हुने गरेको अडियो रेकर्डबाट प्रमाणित भएको हो । तस्करी गर्ने गिरोह र नेपाल प्रहरीको सेन्डिकेट मिलाउन बिचौलीया पत्रकारकै प्रयोग हुने गरेको पाइएको हो ।

arkhala ads

वीरगंजको श्रीसिया नाका हुदै हरिन्द्र नामक तस्कर समुहका मुख्य नाइके संग सहकार्य गरी प्रति दिन करोडौको मालसमान प्रहरीकै सहयोग र संरक्षणमा अवैध तरिकाले आयात हुने गरेको छ । हरिन्द्र नामक तस्कर समुहले एक जना पत्रकारकै पार्टनरसिपमा कारोवार गर्दै आएको समेत एक तस्कर श्रोतले जनाएको छ । अवैध कारोवारमा पत्रकारकै पार्टनरसिप भए पश्चात निर्वाध रुपले प्रति दिन करोडौको तस्करीको मालसमान अवैध तरिकाले आयात गर्न सफल भएको बताइएको हो ।

प्रहरी र तस्कर समुह बिच सहकार्य गर्दै आएका पत्रकारले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा मात्र नभई, प्रदेश प्रहरी लगायत नेपाल प्रहरी संगठनका प्रमुखको नाममा समेत रकम भजाउदै आएको खुल्नमा आएको छ । स—साना तस्कर समुहले माथिल्लो निकायसम्म रकम दिन नसक्दा, ठुला वडा तस्कर समुह संग संगठनको प्रमुखको समेत नाम भजाउदै रकम असुल हुने गरेको बताइन्छ । रकम उठाउनको निम्ति जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी कर्मचारीहरुको समेत सहयोग रहेको बताइन्छ ।

माइस्थान नजिकै रहेको पत्रकारको निजि निवासमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका प्रहरी कर्मचारी पुगेर तस्कर र प्रहरी बिच सहकार्य गर्दै आएको खुलेको छ । प्रति दिन साझको समयमा तस्कर समुहका मुख्य नाइकेलाई पत्रकारले निजि निवासमै बोलाई प्रहरी र तस्कर समुहको साटघाट गर्ने गरेको तस्कर श्रोतले नै बताएका हुन । उनका अनुसार केही दिन अगाडी तस्कर समुहका एक जना नाइके र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको दुई जना प्रहरीको रोहबरमा तस्करी गराउन रकम लेनदेन समेत भएको खुलेको छ ।

तर, सशस्त्र प्रहरीको नामले उठाइएको रकम बारे डिआईजी गणेश ठाडा मगरलाई समाचार प्राप्त हुना साथ ति दुई प्रहरीलाई कारवाही समेत अगाडी बढाइएको खुलेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved