Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा चालक पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २८ | बिहान ०७:०३ बजे

काठमाडौ । काठमाडौंको थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका-८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

नेपाली रा १ ख २७३४ नम्बरको टिपर चालक हुन् । प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना शुक्रबार राति १० बजेतिर भएको हो। चन्द्रागिरि नगरपालिका- ७ थानकोटस्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी बलात्कार गरेको आरोप नेपालीमाथि छ । १७ वर्षीया ती किशोरी कलेज पढ्थिन् । काम पनि गर्थिन् । त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन् । तर थानकोट पुगेपछि चालक नेपालीले ‘तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्‍याइदिन्छु’ भनेका थिए । किशोरी गौशालामा डेरा गरी बस्छिन् ।

arkhala ads

तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।बलात्कार गरेपछि चालक टिपर छाडेर भागेका थिए । बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमान्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो।

पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो। त्यसपछि चालकको खोजी गर्दा शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका- १४, कलंकीमा फेला पारी प्रहरीले नेपालीलाई पक्राउ गरेको मैनालीले बताए ।पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। उनीमाथि अदालतले मुलुकी फौजदारी संहिता २०७४ को करणी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved