Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महानगरमा शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास : मेयर रेनु दाहाल

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार २८ | मध्यान्ह ०६:०३ बजे

चितवन, असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छन् । भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण कार्यक्रममा मेयर दाहालले विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताइन् ।

पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गरिन् । ‘पाँच वर्षमा सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’उनले भनिन् ,‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो संख्या बढेर जान्छ । छात्रालाई साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’ महानगरपालिकाले एक वडा एक नमुना विद्यालय निर्माणको लक्ष्य लिएकाले विद्यालयहरु बीच शैक्षिक प्रतिस्पर्धा कायम भई शैक्षिक गुणस्तरमा वृद्धि हुने मेयर दाहालले दाबी गरिन् ।

arkhala ads

‘नारायणी नमुना मावि जस्तै सबै विद्यालय भरतपुरमा हुन जरुरी छ’ उनले भनिन्,‘भरतपुरमा मात्रै उत्कृष्ट होइन, देशकै उत्कृष्टमा पर्छ । नारायणी माविको विधि पद्धतिलाई सबै विद्यालयले अनुसरण गर्न आग्रह गर्छु । शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर सधै तयार छ ।’ मेयर दाहाले गरे केही पनि असम्भव छैन भन्ने कुरा विगत ५ वर्षमा गरेका कार्यले पुष्टि गरेको बताइन् ।

महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न ५ वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । यो वर्ष भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई मेयर दाहालले एक समारोहका बीच बसको चाबी हस्तान्तरण गरिन् । मेयर दाहालले बस हस्तान्तरणको कार्यक्रमलाई बर्सेनि निरन्तरता दिइने पनि उल्लेख गरिन् ।

हस्तान्तरण गरिएको एउटा बसको मूल्य २१ लाख ४५ हजार रुपैयाँमा खरिद गरिएको हो । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved