रुपन्देही, असार २९ । रुकुम पश्चिममा जङ्गली च्याउ खाएर ५ जना बिरामी भएका छन् ।




जिल्लाको बाँफिकोट गाउँपालिका – ७ मग्मा नदुवाका आशिराम खत्री, उनकी श्रीमती कुमारी, छोरा शेरबहादुर, छोरी धनमाया र भान्जा निमबहादुर खत्री बिरामी भएको प्रहरीले जनाएको छ ।




प्रहरीका अनुसार उनीहरु पाँचै जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । आशिरामकी छोरी धनमाया बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीको भनाइ छ ।















