Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुदूरपश्चिमको बजेट रातारात पारित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३० | बिहान ०८:०३ बजे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट रातारात बहुमतले पारित भएको छ । प्रदेश सभामा साढे चार घण्टा छलफल गरेर गएराति बहुमतले बजेट पारित गरिएको हो ।

सदनमा बजेटमाथिको छलफल हिजो अपराह्नबाट सुरु गरिएको थियो । सत्तारुढ र प्रतिपक्षी दलका प्रदेश सभा सदस्यको तीव्र असन्तुष्टिका बाबजुद बजेट पारित भएको छ । यसअघि, उहाँहरुको असन्तुष्टिका कारण २८ दिनसम्म सदनसमेत चल्न सकेको थिएन ।

arkhala ads

हिजो छलफल भएको बजेटमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्यहरुले त्रुटिपूर्ण रहेको भन्दै बजेटको आलोचना गर्नु भएको थियो । उहाँहरुले यथास्थितिमा बजेट पास हुन नसक्ने जिकिर गर्नु भए पनि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलद्वारा बजेट सच्याउने प्रतिवद्धता जाहेर भएपछि बजेटको पक्षमा मत जाहेर गर्नु भएको छ ।

प्रतिपक्षी दल नेकपा (एमाले), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरुले भने बजेटको विपक्षमा मत जाहेर गर्नु भएको थियो । बजेटको पक्षमा रहनु हुने प्रदेश सभा सदस्यहरुको सङ्ख्या बढी रहेकाले सभामुख अर्जुनबहादुर थापाले बहुमतले बजेट पास भएको घोषणा गर्नुभयो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved