Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भरतपुर नमुना सहर बन्ने दिशामा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • असार ३१, शुक्रबार ०७:०५ बजे प्रकाशित

चितवन, असार ३१ गते । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर देशकै नमुना सहर बन्ने दिशामा अगाडि बढेको बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले बुधबार आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दाहालले नमुना सहरलाई आवश्यक पर्ने पूर्वाधार निर्माणको काम अघि बढेकाले भरपतुर नमुना सहर बन्ने उल्लेख गर्नुभयो ।

दाहालले भरतपुर शिक्षाको सहर, स्वास्थ्यको सहर, कृषिको सहर, झिलिमिली बत्तीको सहर, पर्यटनको सहरको हुँदै बहुआयमिक सहरका रूपमा अघि बढिरहेको बताउनुभयो ।“महानगरले शिक्षामा उल्लेख्य फड्को मारेको छ,” उहाँले भन्नुभयो, “स्वास्थ्यको त ‘हब’ नै हो, कृषि उत्पादनलाई यस वर्ष प्राथामिकतामा राखेका छौँ । मुख्य बाटोमा स्मार्ट बत्ती जडान हुने काम चल्दैछ, भरतपुर नमुना हुँदैछ ।”

arkhala ads

“भरतपुरको विकासका लागि ‘भरतपुर भ्रमण वर्ष २०८०’ पनि घोषणा गरेका छौँ, यो अवधिमा पर्यटकलाई भरतपुरको विकासलाई देखाउने लक्ष्य लिएका छौँ,” प्रमुख दाहालले भन्नुभयो । भरतपुरलाई बहुविशेषतायुक्त सहरका रूपमा विकास गर्ने गरी सन्तुलित विकास अगाडि बढाइएकाले भरतपुर नमुना सहरका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिचित हुने प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरमा निर्माणाधीन सिटी हल, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रशसकीय भवन, नारायणी तटबन्धनलगायतको राष्ट्रिय गौरवको आयोजन निर्माण भएसँगै यहाँको चित्र फेरिने उहाँले जिकिर गर्नुभयो ।“निजी क्षेत्र विकासका खाँबो हुन्,” उहाँले भन्नुभयो, “निजी क्षेत्रको सहकार्यमा व्यवस्थित सहर बनाउन सकिन्छ । भरतपुर महानगर निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ,” उहाँको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको विकासमा यहाँको निजी क्षेत्रको भूमिका महìवपूर्ण रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र र आम सर्वसाधारणको प्रयासले समृद्ध महानगर बन्नेमा विश्वाससमेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यसमिति सदस्य सहनलाल प्रधान, उद्योग वाणिज्य सङ्घ चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक्ष रमेशकुमार पियालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियोे । गोरखा पत्रबाट साभार

कमेन्टहरु

ताजा खबरहरु

सबै
20260611_064244

बुलिङटार गाउँपालिकाले कालीगण्डकी करिडोरसम्म जोड्न ढलान सडकलाई...

  • जेष्ठ २८, बिहीबार ०६:४६ बजे प्रकाशित
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved