Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

सुनसरी-१ बाट स्वतन्त्र चुनाव लड्ने विजय कालीकोटेको घोषणा

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ असार ३१ | मध्यान्ह ०८:०३ बजे

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् । यसबीच स्काई मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष तथा सञ्चालक विजय कालीकोटेले आउँदै गरेको प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले सुनसरीको क्षेत्र नं. १ धरानबाट प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।

नेपालमा भएको भ्रष्टाचार, महङ्गी, गरिबी, बेरोजगार, मुलुकको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलविरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताएका छन् । ‘जनताले पटक-पटक दलका नेतालाई निर्वाचनमा जिताएर पठाएका छन् । तर, ती नेताहरु आफ्नो मतदाता र भुगोलको भावनापविरित गतिविधिमा मात्रै लिप्त भएको देखियो’, उनले भने, ‘यो भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा किन स्वतन्त्र उम्मेदवाररुले चर्चा पाए ? कति ठाउँमा त जितेर राम्रो काम पनि गरिरहेका छन् । त्यसकारण अव देशमा भइरहेको राजनीतिक दलका विकृतिविरुद्ध हामी जस्ताको उम्मेदवारी हो ।’

arkhala ads

को हुन् विजय ? – खोटाङको निर्मली डाँडा—३ मा जन्मिएका विजय भुतपूर्व खेलाडी हुन् । हाल ३६ बर्षका विजयले जिल्ला, क्षेत्रीय हुँदै अञ्चलस्तरीय भलिबल प्रतियोगिता समेत खेलेका छन् । थुप्रै प्रतियोगितामा सहभागी उनले विभिन्न पुरुस्कारहरु पनि हात पारेका छन् । अध्यान सँगसँगै भलिबल खेलाडीका रुपमा कहलिएका उनी अन्ततः २०६६ सालमा वैदेशिक रोजगारीका लागि विदेशिने निधो गरे ।

नेपालमा राजनीतिक विकृतिका कारण भलिबल खेल क्षेत्रमा भविष्य असुरक्षित महशुष गरेका उनले विदेशिनु बाध्य बनेको बताउँछन् । भिजिट भिसामा सिंगापुर पुगेर उनले देश कसरी बन्ने रहेछ भन्ने प्रत्यक्ष देखे । वैदेशिक रोजगारीका सिलसिलामा सिँगापुर मात्रै होईन मलेसिया, दुबईमा पनि केहि समय उनले काम गरे । ती देशहरुमा कार्यरत हुँदा उनले नेपालीहरुले भोग्नु परेको पीँडा र त्यस देशले विकासमा फड्को मारेको प्रत्यक्ष देखे, भोगे । त्यसपछि उनी नेपाल फर्किए ।

राजनीतिप्रति दुर्घन्ध महशुष भोगेका विजयले अन्ततः नेपालमा फर्किएपछि मिडिया क्षेत्र रोजे । मिडिया मार्फत देशमा भएको नराम्रा प्रवृत्तिलाई जनतासँग जोडेर केहि सकारात्मक कार्य गर्न सकिन्छ भन्ने उदेश्यले उनले विभिन्न नाम चलेका मिडियाहरुमा काम गरे । हाल भने उनी आफैले अनलाईन मिडिया सञ्चालन गर्दै आएका छन् । उनले ‘स्काई नेपाल न्युज’ अनलाईन सञ्चालन गर्दै आएका छन्।

विजयले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिक दलहरुले जनताप्रति देखाएको गलत प्रवृत्तिले आफुलाई जनताले मत दिने विश्वास व्यक्त पनि गरे । विजयले आफ्नो मुख्य योजना सुनाउँदै भने, ‘अहिलेसम्म प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नु पर्ने माग उठे पनि यसको कार्यन्वयन राम्ररी हुन सकेको छैन ।’ त्यसैले मन्त्री तथा सांसदहरुको सम्पत्ति छानविन गर्नुपर्ने र अचल सम्पत्ति भेटिएमा राष्ट्रियकरण गर्ने व्यवस्थ गर्नु पर्ने र त्यस्ता अचल सम्पत्तिबाट गरिब निमुखा सुकुम्बासीलाई भत्तास्वरुप वितरण गर्नुपर्ने जस्तो योजनाहरु पनि सुनाए ।

देशमा व्यवस्था परिवर्तन भएपनि जनता र देशको अवस्था भने उस्तै छ । राजनीतिक दलका दलालहरुले आफ्ना आसेपासेलाई मात्रै पोस्ने जस्ता कमिशनको खेलले गर्दा देशले भने जस्तो विकास र जनताले निकास पाउन नसकेको उनको तर्क छ । सुनसरी क्षेत्र नं. १ धरानबाट आफुलाई जनताले जिताएमा विभिन्न खाले विकासका परियोजनाहरु प्राथमिकतामा पार्ने उनले दावी गरेका छन् । उनले धरानको हरियाली बनलाई चिडियाँ खाना र निकुञ्ज बनाउने, धरानलाई नेपालकै व्यापारिक व्यवसायिक तथा पर्यटन क्षेत्र बनाउने जस्ता योजना पनि सुनाए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863852316

माधव पोखरेल बुलिङटार–६ को वडा सभापतिमा निर्वाचित

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved