Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

आज प्रचण्डलाई भाजपाको मुख्यालयमा स्वागत गर्ने

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १ | बिहान ०६:०४ बजे

काठमाडौं । तीन दिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले मुख्यालयमा स्वागत गर्ने भएको छ । शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्डले शनिबार विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाललगायत उच्च स्तरीय भेटघाट गरेका छन्।

आज आइतबार प्रचण्डलाई दिनदयाल उपाध्याय मार्गस्थित मुख्यालयमा स्वागत गरिने भाजपाले जनाएको छ। भाजपा केन्द्रीय कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा आइतबार विहान ११:३० बजे प्रचण्डलाई अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने उल्लेख छ।

arkhala ads

त्यसपछि भाजपा मुख्यालयमा प्रचण्ड र नड्डाबीच दुई पार्टीबीच अन्तर सम्बन्ध विस्तारका विविध पक्षमा छलफल हुने विज्ञप्तिमा जनाइएको छ । त्यसक्रममा अध्यक्ष नड्डाले ‘नो बीजेपी’ अर्थात भाजपालाई जान्नुस् अभियानबारे ब्रिफिङ गर्नेछन् । प्रचण्डलाई भाजपा मुख्यालयको अवलोकनसमेत गराउने छन्।

प्रचण्डको स्वागतमा विदेशमन्त्री जयशंकर र विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि भाजपा मुख्यालयमा उपस्थित हुने भाजपाले जनाएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
1789863849517

पूर्ण सिंह खण्डालुक मगर बुलिङटार–५ को वडा...

  • २०८३ अशोज ४ | बिहान ०७:०६ बजे
1789863839717

नेपाली कांग्रेस बुलिङटार–३ को वडा सभापतिमा केशरबहादुर...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
1789863836965

नेपाली कांग्रेस बुलिङटार–२ मा ओम प्रकाश सिंजाली...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे
file_000000001e1c8211a84393fa44addf81

नेपाली कांग्रेस बुलिङटार–१ कोटथरको वडा अधिवेशन सम्पन्न,...

  • २०८३ अशोज ४ | बिहान ०६:०६ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved