ताप्लेजुङ, साउन ७ । ताप्लेजुङमा श्रीमानको कुटाइबाट श्रीमतीले ज्यान गुमाएकी छन् ।




जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका – ९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले शुक्रबार आफ्नी ५४ वर्षीया श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् ।




घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले भनाइ छ । बलबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।















