चितवन, साउन ७ । पहिराे खसेर नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।




चितवन इच्छाकामना गाउँपालिका – ५ काे खहरेखोला भन्ने स्थानमा आज बिहान करिब ८:१० बजेको समयमा ढुङगा र माटोसहितको पहिरो खसेर सडक दुईतर्फी नै अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।




अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन विष्टले जानकारी दिए ।















