काठमाडौं, साउन १५ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब सवा आठ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।




इएमएससीका अनुसार धरान र भोजपुर आसपास केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो ।




यद्यपि, यसको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रले भने हालसम्म जारी गरेको छैन ।















