Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महिलामाथि कुटपिट गरी लुटपाट गर्ने पाँच पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १५ | बिहान ०९:०४ बजे

काठमाडौ । काठमाडौं महानगरपालिका –७, चाबहिल सरस्वतीनगरस्थित सटर पसलमा खाजा पसल सञ्चालन गर्दै आएकी एक महिलालाई लुटपाट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका स्थायी घर भएकी ५३ वर्षीया भीमकुमारी लिम्बूले पसलको सटर खोल्दा नाम, थर, वतन नखुलेका करिब २५/२६ वर्षका जस्ता देखिने तीनजना व्यक्तिहरू एक्कासि सटरभित्र प्रवेश गरी हात, खुट्टा कपडाले र मुखमा टेपले बाँधी कुटपिट गरी सुनको सिक्री, सुनको कुण्डल, फुली, औँठी र नगदलगायतका धनमाल लुटपाट गरेका थिए ।

arkhala ads

घटना भएको सूचना पाउनासाथ प्रहरी बृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालन गरी अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरका २४ वर्षीय उत्तम गुरुङ, जोरपाटीका २२ वर्षीय भुपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कबिरजंग कुँवर, २२ वर्षीय कल्याणकुमार सुवेदी तथा ४५ वर्षीय बुनु श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध मुलुकी अपराध संहिता ऐनअनुसार ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडाैं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved