Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

कांग्रेस जिल्ला सभापतिलाई चुनावी तयारीमा लाग्न प्रधानमन्त्री देउवाको निर्देशन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १५, आईतवार ०३:२९ बजे प्रकाशित

काठमाडौ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई चुनावको तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले जिल्ला कार्यसमितिका पदाधिकारीको भेला गरौं कि भनेर बालुवाटार गएका थियौं । सभापतिज्यूले अहिले भेला नगर्न भन्नुभयो ।’ १४औं महाधिवेशनपछि नयाँ जिल्ला कार्यसमिति आएको भन्दै उनीहरुले पदाधिकारीको भेलाका गर्न योजनामा थिए । तर देउवाले भेला र बैठकभन्दा पनि चुनावको तयारीमा जुट्न निर्देशन दिएको थापाले बताए ।

arkhala ads

‘चुनावको तयारीमा लाग्नुस् । बढी भन्दा बढी साथीहरुलाई जिताउन लाग्नुस्, अहिले बाँकी कुरा छोड्नुस् ,’ देउवाको भनाइ उद्धृत गर्दै थापाले भने,‘ जितेर आउनुस् । साथीहरुलाई जिताएर ल्याउनुस् ।’ देउवाले पार्टीलाई एकताबद्ध बनाएर चुनावमा होमिन पनि निर्देशन दिएको थापाले बताए ।

प्रधानमन्त्री देउवाले मंसिर ४ गतेका लागि निर्वाचनको मिती तय गरिने संकेत दिएका थिए । थापाले भने, ‘संघीय संसदको मंसिर ४ गते चुनावको कुरा छ । यही ढंगले आन्तरिक छलफल भएको छ । निर्वाचन आयोग पनि त्यही तयारीमा छ । सभापतिज्यूसँगको भेट्मा पनि हामीले त्यही संकेत पायौं ।’

थापाकाअनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले चुनावको मिति घोषणा गर्न सक्छ । उनले भने, ‘यही हप्ताभित्र चुनावको मिति घोषणा हुने परिस्थिति देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved