Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

महानगरका मेयरको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १५ | मध्यान्ह ०३:०४ बजे

पोखरा । पोखरामा सम्पन्न महानगरका मेयरको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्। साथै महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन्।

देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन । पोखरामा भेला भएका मेयरहरूले साना–ठूला सबै पालिका एउटै कानूनले चल्नुपरेको गुनासो गर्दै संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने निर्णय गरेका भएको छ।

arkhala ads

‘महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानूनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्नसमेत अनुरोध गर्दछौं,’ मेयर सम्मेलनको घोषणापत्रमा भनिएको छ।

घोषणापत्र जारी गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको फोहोर व्यवस्थापनमा चुनौती रहेको भन्दै यसको व्यवस्थापनका लागि संघ सरकारले पहल गर्नुपर्ने बताए। त्यस्तै महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सहकार्य गर्ने दृढता भेलामा प्रश्तुत भएको मेयर आचार्यले बताए। हरित तथा समावेशी पूर्वाधार, सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवा प्रवाहका क्षेत्रमा सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ।

मेयर आचार्यले महानगरका पारस्परिक सवाल, समस्या र चुनौतीलाई सम्बोधन गर्न समन्वय गर्ने भेलाको निस्कर्ष रहेको बताए। उनले बैठकमा महानगरका आन्तरिक कामलाई कसरी सुदृढ गर्ने भन्ने छलफल भएको बताए। उनले सानो योजनाका बजेटहरु पनि संघ सरकारबाट नै छुट्याएर पठाएको प्रति आपत्ति जनाए।

बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनका कारण नै स्थानीय र संघीय सरकारले काम गर्न नसकेको बताए। यो ऐनमा परिवर्तनको जरुरी रहेको बताए। उनले सार्वजनिक खरिद ऐनमा भएको कम बिड हाल्नेलाई योजना दिने र स्थानीय सरकार सञ्चालन ऐनले आफूहरूलाई अफ्ठ्यारो पारेको अनुभव सुनाए। थोरै रकममा काम सक्छु भन्ने ठेकेदारलाई नै ठेक्का दिनुपर्ने नियमले कमसल कामलाई प्रेरित गरेको ललितपुरका मेयर महर्जनले बताए।

महानगरबीच आपसी समन्वय गरेर अन्य सरकार र राज्यका अंग र निकायसँग सूचना सम्प्रेषण र परामर्श गरेर सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ। भेलामा यसअघि पाँच वर्ष महानगरको नेतृत्व गरिसकेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको कार्यसम्पादनमा भोग्नुपरेका समस्याबारेमा जानकारी गराएका थिए।

मेयरहरूबीच यी विषयमा ध्यान दिन संघ सरकारलाई अनुरोध गर्ने सहमति भएको छ । २ दिनसम्म चलेको सम्मेलनमा ६ महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको सहभागिता थियो । आगामी सम्मेलन भरतपुरमा गरिने भएको छ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved