Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

बौदीकालीको भुवरीटार क्षेत्रलाई आकर्षक पर्यटकीय स्थल बनाइने तयारी

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण १५, आईतवार ०५:१६ बजे प्रकाशित

डेढँगाउँ । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका – २ स्थित कालीगण्डकी तटीय क्षेत्र भुवरीटारलाई आकर्षक पर्यटकीय स्थल बनाउने कार्यको थालनी गरिएको छ ।

कालीगण्डकी नदी किनारको मनोरम र सुन्दर वातावरणमा अवस्थित भुवरीटार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय स्थल बनाउन आधारभूत तयारी र छलफल भएको छ । दोभान भुवरीटार पर्यटन विकास समिति बौदीकाली -२ डेढगाउँको समन्वयमा जनप्रतिनिधि, प्राविधिक, कर्मचारी, समिति, सल्लाहकार र समाजसेवी स्थानीयवासीको उपस्थितिमा स्थलगत अवलोकन गरि जडीबुटी र अन्य बिरुवा रोप्ने विषयमा छलफल भएको हो ।

arkhala ads

तटीय क्षेत्रमा रहेको सार्वजनिक जग्गाको संरक्षण पनि हुने र पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर आयआर्जनसँग समेत जोड्न सकिने हुँदा गाउँपालिकाले यस क्षेत्रको विकासका निम्ति आवश्यक समन्वय गरेको गाउँपालिका अध्यक्ष प्रकाश ओझाले यस अनलाईनलाई बताउनुभयो ।
गाउँपालिकाले पालिका भित्र रहेका सबै सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको छ । गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो ।

‘पालिका भित्रका सबै सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति कार्यक्रम छ । भूसंरक्षणसँगै त्यस्ता क्षेत्रमा गर्न सकिने सम्भावित विकासको कार्यसमेत समुदायसँग सहकार्य गरेर अघि बढाउँछौँ । ’ भुवरीटार क्षेत्रलाई आकर्षक पार्कको रुपमा विकास गर्ने र समुदायलाईसमेत फाइदा पुग्ने विभिन्न प्रकारका जडिबुटी र बोटबिरुवा रोप्ने योजना रहेको छ । ‘भोलिको दिनमा बस्ती विकास हुँदै गर्दा खुल्ला स्पेस चाहिन्छ । स्वास्थ्यको उद्देश्यले मर्निङ वाक गर्न होस् वा रमाउने उद्देश्यले मानिसले यस क्षेत्रमा आउने वातावरण बनाउने र अन्यत्रबाट आएका पर्यटकको रोजाईमा यो क्षेत्र परोस् भन्ने उद्देश्य लिएका छौँ । ’अध्यक्ष ओझाले भन्नुभयो ।

सार्वजनिक जग्गा संरक्षण र पर्यटकीय गन्तव्य बनाउने गाउँपालिकाको नीति कार्यक्रम नै छ । जस अन्तरगत पालिका भित्र रहेका सार्वजनिक ठाउँको खोजी गर्ने र ती ठाउँको भौगोलिक अवस्था अनुसारका पूर्वाधार तयार गर्ने योजना छ । अध्यक्ष ओझाका अनुसार आउँदो पाँच वर्षभित्र त्यस्ता ठाउँहरूको संरक्षण गरेर सम्भावित पूर्वाधारको विकास गर्ने लक्ष्य गाउँपालिकाले लिएको बताए ।

भुवरीटार क्षेत्रलाई पर्यटकीय स्थल बनाउन वडा नं. दुईका बासिन्दाले चासो देखाएका छन् । समुदाय नै अग्रसर भएर लागेका कारण पहिलो चरणमा भुवरीटारबाट कामको थालनी गर्ने प्रक्रिया अघि बढेको अध्यक्ष ओझाले बताए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved