Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

मालपोत तनहुँद्वारा ४३ करोड राजस्व सङ्कलन

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १६ | मध्यान्ह १२:०४ बजे

दमौली । मालपोत कार्यालय तनहुँले आार्थिक वर्ष २०७८/७९ मा मात्र ४३ करोड २७ लाख ६८ हजार७ सय ४४ राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।

जसमा राजिनमा तर्फ २४ करोड ६५ लाख ४१ हजार ९ सय ५८ , धितो तर्फ ४ करोड ६१ लाख २५ हजार ५ सय ३५ र पुँजीगत लाभाकर तर्फ १४ करोड १लाख १ हजार २ सय ५१ रहेको छ ।

arkhala ads

त्यसमध्ये आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयले चार हजार २ सय ५७ महिलाका नाममा जग्गा नामसारीसमेत गरेको छ । पछिल्लो समयमा ग्रामीण भेगका महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । १ हजार २ सय ४५ महिला ग्रामीण क्षेत्रका र सहरी क्षेत्रका तिन हजार ११ महिला रहेका छन् ।

कार्यालय प्रमुख पौडेलका अनुसार ग्रामीण र सहरी क्षेत्रका महिलाका नाममा जग्गा पास गरेकामा २ करोड ८८ लाख २३ हजार ५ सय आठ राजस्व छुट भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ग्रामीण क्षेत्र र सहरी क्षेत्रका गरी २ सय २३ दलित तथा जेष्ठनागरिकका नाममा लिखत पास भएको छ । त्यसमा ग्रामीण क्षेत्रका ६९ र सहरी क्षेत्रका १ सय ५४ गरी जम्मा २ सय २३ जनाको लिखत पास गर्दा ११ लाख २१ हजार दुई सय ११ रकम राजस्व छुट भएको कार्यालय प्रमुख पौडेलले बताए ।

यस्तै गत आर्थिक वर्षमा एक अपाङ्गता भएका व्यक्तिका नाममा लिखत पास भएको छ । आर्थिक वर्ष २०७८/७९ मा मालपोत कार्यालयबाट ग्रामीण क्षेत्रका महिला र पुरुष गरी १ हजार २ सय २९ तथा सहरी क्षेत्रका ३ हजार २ सय १३ गरी जम्मा ४ हजार ५ सय ४२ जनाको लिखत पास भएको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयबाट सङ्कलन भएको जम्मा राजस्वमध्ये राजिनामा तर्फको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय निकायमा जाने गरेको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved