Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देउरानीको मृत्यु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १७ | बिहान ०७:०४ बजे

दाङ, साउन १७ । दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ । सोमबार दिउँसो साढे १ बजेतिर राप्ती गाउँपालिका – २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहका अनुसार करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको शाहले बताए । उनीहरूका तीन वर्षीय छोरा छन् । करेन्ट लागेकी बासुकी भाउजू २७ वर्षीया भिमा सामान्य घाइते भएकी छिन् ।

arkhala ads

उनको स्थानीय अस्पतालमा उपचारपछि सोमबार बेलुका डिस्चार्ज भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए । दुइटा खम्बाको बीचमा बाँधेको तारमा कपडा सुकाउदा भिमालाई खम्बामाथिबाट प्रवाह भएको करेन्टले छोएको थियो । घटनास्थलको प्रकृति नियाल्दा पानी परेको बेला जस्तापाताबाट करेन्ट प्रवाह भएको अनुमान गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

‘भाउजू भिमालाई करेन्ट लागेपछि बचाउन भनेर देउरानी हिमा दक्षिण कुनोबाट र देवर बासु उत्तरतर्फबाट दौडिएर गएको देखिन्छ,’ शाहले भने, ‘पहिला हिमाले भिमालाई तान्न खोजिन् । उनलाई पनि करेन्ट लागेपछि बासुले हिमालाई तान्न खोजेको देखिन्छ । हिमालाई छुटाउन बासुले काँचो काठले तारमा हानेको र तार चुँडिएर उनको शरीरमा परेपछि उनको पनि घटनास्थलमै मृत्यु हुन पुग्यो ।’

करेन्ट लागेर मृत्यु भएका बासु र हिमाको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved