विराटनगर, साउन १७ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।




मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो । परीक्षण गर्दा मुख्यमन्त्री राईसहित उनकी पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण देखिएको थियो ।




संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।















