काठमाडौं, साउन १८ । प्रहरीले काठमाडौं उपत्यकाबाट लागु औषध खैरो हेरोइन तथा नियन्त्रित लागुऔषध डाइलेक्स-डीसीसहित २२ जनालाई पक्राउ गरेको छ ।




प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले हेरोइन ४५९ ग्राम, डाइलेक्स-डीसी (१०० एमएल) ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थानसहित उनीहरुलाई काठमाडाैंकाे कोटेश्वरबाट नियन्त्रणमा लिएको व्युरोका एसएसपी विकाशराज खनालले जानकारी दिए ।




पक्राउ पर्नेमा ४ जना महिला र १८ जना पुरुष छन् । उनीहरुको साथबाट खैरो हेरोइन जोख्न प्रयोग गरिने ४ वटा तराजु पनि बरामद गरिएको एसएसपी खनालले बताए । सो लागुऔषध सर्लाहीबाट तरकारीको बोरामा लुकाएर ल्याएको अनुसन्धानबाट खुलेको छ ।















