तिलु खोँजेली मगर
नवलपुर । गण्डकी प्रदेशको नवलपुर जिल्लास्थित हुप्सेकोट गा.पा.का पहाडी र तराई छेत्र गरी अधिकांश छेत्रहरु, बिगत तीन दिन देखी परिरहेको बबिरल बर्षका कारण बाढी र पहिरोबाट प्रभाबित भएका छन।




तीन दिनको लगातर बर्षका कारण वडा न : ५ बसेनी गाउँमा बस्तिको बिचबिच मै ध्वाजा फातिन थालेको छ । बस्ति मुनी रहेको खोलाले कटान गरेर बस्तिलाई तान्न खोजिएको छ, भने बस्तिवारीपरी पहिरोेले घेरिएन थालेका कारण स्थानिय वासिन्दाहरु अत्यन्तै त्रसित भएका छन ।




उक्त गाउँका केही घरहरु भने, गत बर्षको बाढिपहिरोको कारण उच्च जोखिममा रहेको थियो। मालसामनहरु किनबेच गर्नलाई झ्यालबास बजरसम्म अउनको लागी कच्चि पुल समेत नरहेकोले मानिसहरु झनै समस्यमा छन। यस गाउँको छिमेकी वाक्खोर गाँउका १८ घर भने गत बर्ष नै बिस्थापित भएको छ ।
यस छेत्र हुँदै बग्दै गएको गिरुवारी खोेलाले पनि यस छेत्र आशपासका खेतहरु कटान गरेको छ। कतिपय खेतहरु भने, गत बर्षको बाढीपहिरोले कटान गरिसकेको छ। एक जना स्थानिय वासीले भने, गत बर्ष पनि थुप्रै खेत कटान गर्यो । कतिपय खेत पुरियो। अलि अलि बाँकी रहेको पनि अहिलेको बाढीले कटान गर्न थालेको छ। हाम्रो मुख्य पेसा भनेकै खेती नै हो। खेत नै नरहेपछि कहाँ खेतीपाती गरेर खाने ? हामी त एकदमै चिन्तितम छौ।
यस छेत्रका अधिकांश बस्तिहरु पनि बाढिपहिरोका कारण उच्च जोखिममा रहेका छन्। एक जना बुढी आमाले भन्नुभयो। बाढीपहिरोका काण हामी एकदमै डराएका छौ। निरन्तर पानी परिरहेको समयमा त राती सुत्दा पनि निन्द्र लाग्दैन। दिनमा काम गर्न पनि मिल्दैन। हामी अब कहाँ जाने ? कतै जाँउ भने ठाँउ छैन। स्थानीयको पीडा सुन्न सम्बन्धीत निकाय मौन छन ।















