Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन यस्तो बन्दैछ, यसैवर्ष भवन बनाउने सुरु

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १९ | बिहान ०९:०४ बजे

भरतपुर । भरतपुर विमानस्थलमा यसैबर्ष नयाँ टर्मिनल भवन बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले यसै आर्थिक वर्षदेखि नयाँ टर्मिनल भवन निर्माणको कामलाई अगाडि बढाउन लागेको हो । त्यसका लागि प्राधिकरणले आर्थिक वर्ष २०७९/८० मा १९ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । भरतपुर विमानस्थलमा हाल सुरुवाती चरणकै टर्मिनल भवन रहेको छ । पुरानो र साँघुरो भएकाले नयाँ टर्मिनल भवन निर्माणको आवाज उठ्दै आएको थियो ।

भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक वि.क.ले यही आर्थिक वर्षमै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणको काम गर्ने तयारी थालेको जानकारी दिए । ‘यसवर्ष टर्मिनल भवन निर्माणको काम सुरु हुन्छ, यसका लागि प्राधिकरणको टोली केहीदिनमै भरतपुर आउने कार्यक्रम छ’–वि.क.ले भने । भरतपुर विमानस्थलमा कुल सवा अर्ब लगानीमा सात हजार सात सय ४९ वर्गमिटरको नयाँ टर्मिनल भवन बनाउन लागिएको हो । यो सुविधा सम्पन्न र आकर्षक हुनेछ ।

arkhala ads

भरतपुर विमानस्थल सन् १९६१ देखि संचालनमा आएको हो । यस विमानस्थलमा ११५८ मिटर लामो धावन मार्ग छ । यस धावन मार्गलाई पनि बढाएर १५०० मिटर लामो बनाउने तयारी छ । नयाँ टर्मिनल भवन निर्माणसंगै धावन मार्ग विस्तार गरेर यस विमानस्थललाई आकर्षक बनाउने तयारी सरकारको छ । यसमा भरतपुर महानगरपालिकाले तिव्र जोड गरेको छ । विमानस्थल विस्तारका लागि भरतपुर महानगरपालिकाले चरणबद्ध रुपमा संघीय पर्यटन मन्त्रीलाई बोलाएर छलफल गर्दै आइरहेको छ । यस पटक जसरी भए पनि नेपाल आर्मीको घोडा फार्मलाई अन्यत्र सारेर धावन मार्ग बढाउने तयारी पर्यटन मन्त्रालयको छ । यसका लागि नेपाल आर्मीबाट सकरामत्मक प्रतिक्रिया आइसकेको पर्यटन मन्त्री जीवनराम श्रेष्ठले केहीदिन अघिको छलफलमा जानकारी गराएका थिए । अहिले साँघुरो धावनमार्गका कारण भरतपुरमा ठूला जहाजहरु अवतरण गर्न सकेका छैनन् । हाल आरटी ४२ सिटे हजाज पनि पूर्ण क्षमतामा छैन ।

विमानस्थललाई विस्तार गर्न सकिए आरटी ७२ जहाज अवतरण गर्न सक्ने छन् । धावन मार्ग विस्तार गरिएमा रात्रीकालिन विमानस्थलको रुपमा समेत अघि बढाउन सकिने प्राधिकरणले जनाएको छ । भरतपुर विमानस्थलबाट हाल दैनिक ५०० को हाराहारीमा यात्रुहरु ओहोर दोहोर गर्ने गरेका छन् । हाल भरतपुरमा बुद्ध एयरले मात्रै उडान भरिरहेको छ । यसअघि यति, गुण, सिम्रिकलगायतले उडान भरेका थिए । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्राधिकरणले यसका निम्ति कुल एक अर्ब ५१ करोड ६३ लाख रूपैयाँ बजेट छुट्याएको हो देशभरका विमानस्थल सुविधा–सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ । तस्विर सौजन्यः क्यान

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved