Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपरासीका पालिका जनप्रतिनिधिहरुले निर्वाचन खर्च विवरण बुझाउन अटेर

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १९ | बिहान १०:०४ बजे

नवलपरासी । पश्चिम नवलपरासीका पालिकाका जनप्रतिनिधिले निर्वाचन खर्च विवरण बुझाउन अटेर गरेका छन् । चार पालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले खर्च विवरण बुझाएका छैनन् भने तीन पालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षले तोकिएको समयभन्दा ढिला गरी खर्च विवरण बुझाएका छन् ।

स्थानीय तह निर्वाचनको अन्तिम नतिजा प्रकाशन भएको एक महिनाभित्र उम्मेदवारी दिनेले खर्च विवरण निर्वाचन कार्यालयमार्फत आयोगमा पठाउनु पर्ने प्रावधान छ । खर्च विवरण बुझाउन अटेर गर्नेमा रामग्राम नगरपालिका प्रमुख धनपद यादव, उपप्रमुख सम्झना चौधरी, सुनवल नगरपालिकाका प्रमुख विमला अर्याल, उपप्रमुख सूर्यप्रसाद दुबे, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता, उपाध्यक्ष फातिमा अन्सारी खातुन र सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी र उपाध्यक्ष वासमती हरिजन रहेको निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।

arkhala ads

सुस्ता र बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले समयावधि सकिएपछि मात्र विवरण बुझाएका छन् । ढिलो गरी खर्च विवरण बुझाएका जनप्रतिनिधिको विवरणको अर्थ नरहने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निश्चल मोक्तानले बताए । जिल्लाको स्थानीय तह निर्वाचनको अन्तिम नतिजा जेठ ६ मा आएको हो । असार ६ भित्र विवरण बुझाउनु पर्ने भए पनि १२ जनाबाहेक कसैले पनि समयमा खर्च विवरण नबुझाएको मोक्तानले बताए ।

पश्चिम नवलपरासीको स्थानिय निर्वाचनमा २ हजार १ सय ९ जनाले उम्मेदवारी दिएका थिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved