Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

लेखापाल खड्काले माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा लिए

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन १९ | मध्यान्ह ०७:०४ बजे

बीरगंज १९ श्रावण । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका आफ्नो माथिल्लो निकायलाई आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा लिन सफल भएका छन । जिल्ला ट्राफिकमा लेखापालको निम्ति खटिएका प्रहरी सहायक निरीक्षक खडका जिल्ला प्रमुख ट्राफिक प्रहरी निरीक्षक लगायत ट्राफिक प्रहरी उपरीक्षकलाई समेत आर्थिक प्रलोभनमा पार्दै ट्रयाल सेन्टरको जिम्मा पाउन सफल भएका हुन ।

नारायणी यातायात कार्यालयको सवारी शाखाबाट हुने ट्रयाल सेन्टरमा अकुत सम्पत्ति कमाई धन्दा चल्ने गरेको कारण लेखापालमा आएका ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडकाले ट्रयाल सेन्टरको जिम्मा पाएका हुन । ट्रयाल सेन्टरबाट आउने रकम मध्ये ट्राफिक प्रहरी निरीक्षक र ट्राफिक प्रहरी उपरीक्षकको भागबन्डा ट्राफिक प्रहरी सहायक निरीक्षक खडकाले नै दिने गरेको ट्राफिक प्रहरी श्रोतले जनाएको छ ।

arkhala ads

श्रोतले जनाए अनुसार ट्रयाल सेन्टरको जिम्मा ट्राफिक प्रहरी उपरीक्षककै सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाई नै दिने गरिएको बताए । उनका अनुसार ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडकाले ट्रयाल सेन्टरबाट उठने रकमको बिषयमा जानकार भएकै कारण पटक पटक आफ्नो पावरको प्रयोग गर्दै पर्सा जिल्लामा आउन सफल भएको बताए । ट्राफिक प्रहरी उपरीक्षक नान्तिराज गुरूङ्ग लगायत ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दहाललाई मासिककै दरले ठुलो रकमको भेटी चढाएकै कारण लेखापालमा खडका कार्यरत रहेपनि ट्रयाल सेन्टरको जिम्मा पाउन सफल भएको श्रोतले दाबी गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक ध्रुव प्रसाद दहालले ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका कार्यालयको लेखापाल नै रहेको बताएका छन । उनका अनुसार ट्राफिक प्रहरीलाई सहयोग पुरयाउनको निम्ति खडका ट्रयाल सेन्टरमा खटिने गरेको बताएका छन । ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका लेखापालको कामकै लागी आएपनि अवाश्यकता अनुसार खटिएको ट्राफिक प्रहरी निरीक्षक दाहालले जानकारी दिदै पन्छिन खोज्नु भयो ।

यता ट्राफिक प्रहरीको लागी सवारी ट्रयाल सेन्टर सुन दिने अन्डा झै बनेको छ । सवारी शाखाको ट्रयाल सेन्टरमा ट्रयाल दिने सर्वसधारणहरु संग ट्रयाल पास गराउनको निम्ति प्रति व्यक्ति ३ हजारदेखी ५ हजारसम्म लिने गरेको बताइन्छ । जसका कारण ट्राफिक प्रहरी सहायक निरीक्षक बुद्ध खडका पटक पटक सवारी शाखाकै ट्रयाल सेन्टरमा पुग्ने गरेको बताइन्छ । ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङकै निर्देशनमा ट्रयाल सेन्टरको जिम्मेवारी लेखापाल खडकालाई दिइएको श्रोतको भनाई रहेको छ ।

यता ट्राफिक प्रहरीकै सहयोग र संरक्षणमा ट्रयाल सेन्टरमा हुदै आएको भ्रष्टाचारको बिषयमा ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङ संग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेन्न । एनि हाउ पैसा कमाउ भन्ने उखान झै रकम कमाउन पल्केका ट्राफिक प्रहरी माथि सम्बन्धीत निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved