Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुर जिल्लाका सात मतदानस्थल पुनरावलोकन गर्न सिफारिस

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • श्रावण २०, शुक्रबार ०७:४९ बजे प्रकाशित

कावासोती । नवलपरासी पूर्वनवलपुरमा रहेका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार तीन पालिका भित्रका सात वटा मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । मतदानस्थल साँघुरो भएका, पायक पर्ने स्थानमा नभएकाको स्थल पुनरावलोकन गरिएको कार्यालय प्रमुख भुसालले बताउनुभयो ।

स्थान पुनरावलोकन गर्दा सम्बन्धित वडाका पायक पर्ने र मतदानका लागि सहज हुने स्थान छनौट गरी नयाँ स्थान छनौट गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख भुसालले बताउनुभयो । “स्थान पुनारावलोकन गर्दा सबैलाई पायक पर्ने, सुरक्षित र मतदान सञ्चालन गर्न सहज हुने ठाउँ छनौट गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भन्नुभयो, “सोही आधारमा हामीले निर्वाचन आयोगमा सिफारीस गरेका छौँ ।’’

arkhala ads

गैँडाकोटका चार, विनयी त्रिवेणीका–२ र हुप्सेकोटको एक मतदानस्थल पुनरावलोकनका लागि सिफारिस गरिएको छ । गैंडाकोट नगरपालिकाअन्तर्गत वडा नम्बर २ मा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालय शिवनाथ चोकबाट एसपिएम कलेज एसपिएमा टोलमा, वडा नम्बर ३ मा रहेको कृष्णगण्डकी आधारभूत विद्यालयबाट वडा नम्बर ३ का कार्यालय ढोडेनी, वडा नम्बर ११ गणेश आधारभूत विद्यालय भेडाबारीबाट मुकुन्दपुर खानेपानी आयोजना भेडाबारी र गैँडाकोट–१३ को मुकुन्दपुर पुरानो गाविस भवनबाट जनशक्ति आधारभूत विद्यालय बेल्डियामा मतदानस्थल सार्ने गरी पुनरावलोकनका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नम्बर ४ वेणीमणीपुर मैजाटोलबाट दीपेन्द्र मावि सर्दीमा र वडा नम्बर ५ को पुरानो धुरकोट गाविसको भवन देउरालीबाट भानुदय मावि चुकाहामा सार्ने गरी सिफारिस गरिएको छ ।

यसैगरी हुप्सेकोट गाउँपालिका–४ को भवनबाट ज्वाला मावि झ्यालवासमा मतदानस्थल कायम रहने गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले पुनरावलोकनका लागि सिफारिस गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुसालले बताउनुभयो ।

मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या भने यथावत रहेको उहाँले बताउनुभयो । हाल नयाँ मतदानस्थल थप गर्ने र केन्द्रको सङ्ख्या बढाउनुपर्ने आवश्यकता नदेखिएको कार्यालय प्रुमख भुसालले बताउनुभयो । नवलपुरमा एक सय १३ मतदानस्थल र दुई सय ९९ मतदान केन्द्र रहेका छन् ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
IMG_6816

विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम सम्पन्न: शैक्षिक सुधारका लागि...

  • जेष्ठ २६, मंगलवार ०८:३४ बजे प्रकाशित
20260607_160713

सरकारले हप्तामा दुई दिन दिँदै आएको सार्वजनिक...

  • जेष्ठ २४, आईतवार ०४:०९ बजे प्रकाशित
1780417130043

बुलिङटार गाउँपालिकामा मगर दुट पाठ्यपुस्तक लेखन सम्बन्धी...

  • जेष्ठ १९, मंगलवार १०:०४ बजे प्रकाशित
IMG_4134

नवलपुरका पहाडी क्षेत्रका बासिन्दाका लागि अम्रिसो खेती...

  • जेष्ठ १७, आईतवार ०७:४५ बजे प्रकाशित

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४


Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८२१८६४६२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved