Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नारायणगढ आउँदै गरेको गाडी अनियन्त्रित भई पल्टिँदा १० जना घाइते, घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार हुदै

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २० | मध्यान्ह ०८:०४ बजे

चितवन । चितवनमा गाडी अनियन्त्रित भई पल्टिँदा १० जना घाइते भएका छन् । आज शुक्रबार बेलुका ६ः३० बजेको समयमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोकस्थित हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०१७१ नम्बरको विग्नर गाडी आफैँ अनियन्त्रित भई पल्टिँदा चालकसहित १० जना घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा गोरखाको आरुघाट गाउँपालिका १ बस्ने २३ वर्षीय आशवीर गुरूङ, दार्चुला महाकाली नगरपालिका ३ बस्ने ३६ वर्षीय शेरसिंह महरा, भरतपुर महानगरपालिका १३ बस्ने २३ वर्षीया समीक्षा निरौला, लमजुङको बेसीशहर नगरपालिका १ बस्ने २७ वर्षीय सोसन गुरूङ, माडी नगरपालिका ५ बस्ने २३ वर्षीय सागर बोट रहेका छन् ।

arkhala ads

यसैगरी, रौतहटको परोहा नगरपालिका ६ बस्ने २३ वर्षीय अमरनाथ जैसवाल, मकवानपुरको हेटौँडा उपमहानगरपालिका१३ बस्ने २७ वर्षीय सुनिल रिमाल, विंग्नर गाडीका चालक नवलपरासीको देवचुली नगरपालिका १ बस्ने ४१ वर्षीय तीनबहादुर विक, भरतपुर महानगरपालिका १२ बस्ने ४० वर्षीया उषा डंगोल र तनहुँ घर भई हाल भरतपुर महानगरपालिका १२ बस्ने २५ वर्षीय नवीन केसी रहेका छन् ।

अहिले घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सडकमा कुनै अवरोध नरहेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराको टोली खटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताउनुभएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved