Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

एमाले लुम्बिनी प्रदेशले गर्‍यो नौ बुँदे प्रस्ताव पारित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २१ | मध्यान्ह ०७:०४ बजे

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौँ पूर्ण बैठक शनिवार दाङमा सकिएको छ ।

शुक्रवार शुरु भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव कमरेड छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले विभिन्न विधामा प्रशिक्षण तथा निर्देशन दिएका थिए । शनिवारको प्रशिक्षणका प्रमुख अतिथि उपाध्यक्ष पौडेलले अब सबैको ध्यान मंसिरको चुनाव केन्द्रित हुनुपर्ने बताएका छन् ।

arkhala ads

उनले स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टीपंक्ति चुनावमा होमिनुपर्ने गरी तयारीमा लाग्न निर्देशन दिएका थिए । ‘अब हाम्रो ध्यान चुनाव केन्द्रित हुनुपर्दछ, यो प्रशिक्षणको केन्द्रीय कार्यभार हो, आजकल पार्टीका सिपाहीहरू कर्तव्यबाट विमुख बन्न थालेका छौँ सबैले आत्म समीक्षा गरेर जिम्मेवारी बहन गरौँ’, उनले भने ।

राष्ट्रिय आकाङ्क्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्याय सहितको गरी समृद्ध नेपाल र सुखी नेपालको नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो । उनले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दबाबसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई मतदातासमक्ष पुराउनुपर्ने तयारी गर्न आग्रह गरे । उपाध्यक्ष पौडेलले भने, ‘काँग्रेस बुर्जुवा सुधारवादी शक्ति हो यो परिवर्तनको संवाहक बन्न सक्दैन, दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिस्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गरेर नै एसपीपी सम्झौताको ड्राफ्ट गरेको हो, एमालेले विरोध नगरेको भए हामी युक्रेन बन्ने थियौँ ।’

‘एमसीसी सम्झौता पनि त्यस्तै हो । प्रकारान्तरले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने थियो ।पछि चिठी पठायौ भनेर भनेका छन् तर, तिनलाई सार्वजनिक गर्न मानेका छैनन् । यसमा पनि हामी चनाखो बनेका छौँ’, पौडेलले भनेका छन् । एमाले संगठन, नेतृत्व सबै हिसाबले पहिलो नम्बरको पार्टी भएकाले अबको जिम्मेवारी पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘माओवादीलाई सुधार्न एकीकरण गरिए पनि हाम्रो अन्तर विरोधमा खेलेर थप क्षति बनाउने प्रयास गरे, यसले ठूलो पाठ सिकायो, उल्टै हाम्रो नेतृत्वमाथि जाइलाग्न थाल्यो अनि कसरी काम गर्न सकिन्छ’, उनले भने ।

‘अदालतलाई दुरुपयोग गरेर परमादेशवाट बनेको सरकारलाई जनादेशबाट स्थापित गराउनु हामी सबैको दायित्व हो, एमालेले हार्दा राष्ट्रले हार्छ, जनताले हार्नेछन्, यो विषयलाई गम्भीरताका साथ मतदातासमक्ष लैजाऔँ’, उनको निर्देशन थियो । प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल विश्वकर्माले सांगठनिक विषयमा योजना प्रस्तुत गरे भने अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले पार्टी कमिटीको जिम्मेवारीमा रहनेहरूले पालना गर्नुपर्ने अनुशासनका विषयमा प्रकाश पारेका थिए । यसअघि उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीलगायतले विभिन्न विषयमा पार्टीका रणनीति तथा आगामी कार्य योजनाका बारेमा जानकारी गराएका थिए । दुई दिनसम्म चलेको प्रशिक्षणमा प्रदेशका सबै जिल्लामा रहेका मुख्य नेताहरूको सहभागिता रहेको लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

एमाले लुम्बिनी प्रदेशले ९ बुँदे प्रस्ताव पारित

भेलाले ९ बुँदे प्रस्ताव पारित गरेको छ । बलियो गठबन्धन, सरकारी हस्तक्षेप तथा अन्य घेराबन्दीका बाबजुद स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतबाट एमालेलाई पहिलो शक्ति बनाउने मतदातालाई धन्यवाद दिँदै बजेट निर्माणका क्रममा बिचौलियाको प्रत्यक्ष उपस्थिति र निर्देशनमा करका दरहरू हेरफेर गरिनु मुलुकको अर्थ राजनीतिक प्रणालीमै लागेको कलंकको घटना भएकाले यसको निन्दा गर्दै भण्डाफोर गर्ने, मंसिर ४ को निर्वाचनलाई घोषणा गर्न बाध्य पार्ने सबै पक्षलाई धन्यवाद घोषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रूपमा सम्पन्न गर्न भेलाले माग गरेको छ । निर्वाचनको घोषणापछि सरकार स्वतः काम चलाउमा भएकाले अन्य प्रभाव पार्ने निर्णय नगर्न सचेत बनाइएको छ ।

त्यसै गरी कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने र त्यसका लागि आवश्यक सम्पूर्ण उत्पादन सामग्रीसमेत सहज ढंगले उपलब्ध गराउनुपर्नेमा अत्यावश्यक विउविजन र मल खादको न्यूनतम प्रबन्ध नगराई किसान विरोधी काम गरेकोमा विरोध गरिएको छ । पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि रोक्न र घटाउन माग गर्दै अवैध आर्थिक कारोबारलाई प्रश्रय र संरक्षण नदिन दबाब दिने निर्णय गरिएको छ ।

भेलाले प्राकृतिक प्रकोपबाट आहत भएका नागरिकहरूको अविलम्ब उद्धार, राहत र उचित क्षतिपूर्ति दिन, प्रदेश संसद्को नीति, बजेट र कार्यक्रम बनाउँदा देखिएको गैर जिम्मेवार व्यवहार र पूर्ववर्ती सरकारले अगाडि बढाएका कार्यक्रमहरूको कटौतीप्रति निन्दा एवं भर्त्सना गरेको छ ।

प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी भई भएकोमा शीर्ष नेतृत्वलाई धन्यवाद दिँदै व्यवस्थापनमा सहयोग र समन्वय गर्ने दाङ जिल्ला कमिटीसहित सबैमा धन्यवादसहित ९ बुँदे प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved