Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

गण्डकी प्रदेश सरकार-यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | बिहान ०८:०४ बजे

पोखरा । आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता भएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबीच शनिबार छलफल भएपछि यातायात व्यवसायी आफ्नो आन्दोलनबाट पछि हटेका हुन् ।

arkhala ads

यातायात व्यवसायीका मागका सम्बन्धमा आवश्यक निर्णय गर्न प्रदेशका मुख्यमन्त्री, विषयगत मन्त्रालयसंग वार्ता र संवादको माध्यमबाट तत्कालै छलफल गरिने भएपछि व्यवसायी आन्दोलनबाट पछि हटेका हुन् ।

छलफलमा मन्त्री खड्काका साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वार। वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज), हरिशरण केसी (हुस), महासचिव डेकनाथ गौतम, सचिव भानुभक्त बराल, महासंघका ट्याक्सी (वर्गीय संयोजक) प्रकाशमणि तिवारी, गण्डकी प्रदेश संयोजक केदार प्रसाद पौडेल, अखिल नेपाल यातायात मजदूर संघका गण्डकी संयोजक झम्कनाथ पौडेल, स्याङ्जा गण्डकी यातायात प्रालिका अध्यक्ष पुष्पराज पोखरेल, पोखरा यातायात प्रालिका प्रवन्ध निर्देशक अमृत शर्मा तिमिल्सिना र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत केदार सापकोटा सहभागी थिए ।

यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै महासंघले आइतबारदेखि आन्दोलन घोषणा गरेको थियो ।
सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप लगाउँदै महासंघले कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको जनाएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved