Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

नवलपुरमा थपिए एक हजार भन्दा बढी नयाँ उद्योग

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | बिहान १०:०४ बजे

कावासोती । नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् ।

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु, चारवटा घरेलु र एक हजार ३८ वटा साना उद्योग रहेको छन् । जिल्लामा थपिएका उद्योगहरुमध्ये धेरैजसो कृषि तथा वन पैदावारमा आधारित उद्योग रहेको उनले बताए । यो बाहेक सेवामूलक र पर्यटनसम्बन्धी उद्योग नवलपुरमा थपिने क्रम धेरै रहेको कार्यालय प्रमुख खनालले बताए ।

arkhala ads

‘नवलपुरमा उद्योगहरु थपिने क्रम तीव्र छ, कोभिडको अवस्थामा उद्योग दर्ता केही कमी आएको भएपनि अहिले फेरि नयाँ उद्योग थपिने क्रम धेरै रहेको छ’ ।

गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योगमात्रै ६३८ वटा रहेका छन् । यस बाहेक सेवामूलक २६५, उत्पादनमूलक ८२, पर्यटन ६४ र ऊर्जामूलक उद्योग एक थपिएका छन् । कार्यालय प्रमुख खनालले भने,‘कृषि र पशुपालनका लागि उपयुक्त क्षेत्र, नारायणी तटीय क्षेत्र, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्यटनको सम्भावना भएकाले पनि यस प्रकृतिका उद्योग धेरै खुल्ने गरेका छन् ।

राज्यले कृषि तथा पशुपालनमा दिने अनुदानले युवाहरुको आकर्षणसमेत यस्तो भएको हुन सक्छ ।’ पूर्वपश्चिम राजमार्गको मध्यमाग, भारतीय सीमाबाट नजिक भएकाले पछिल्लो समय उत्पादनमूलक उद्योगसमेत नवलपुरमा आकर्षित हुन थालेका छन् ।

देशकै मध्यभागमा रहेको जिल्ला भएकाले यहाँबाट उत्पादन गरिएका सामग्री सहजै अन्य ठाउँमा लैजान सकिने हुँदा नवलपुरमा उत्पादनमूलक उद्योगको आकर्षण बढ्दो रहेको छ । गत आर्थिक वर्षमा एक हजार ५० उद्योग थपिएसँगै नवलपुरमा स्थापना भएका उद्योगको संख्या ६ हजार ३०९ पुगेको छ । जसमध्ये कुल १७ वटा लघु उद्योग, २४ वटा घरेलु उद्योग र ६ हजार २६८ वटा साना उद्योग रहेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा रहेका उद्योग मध्ये छ हजार ८६ प्राइभेट फर्म, ११३ साझेदारी फर्म र ११० वटा उद्योग प्रालि कम्पनीअन्र्तगत स्थापना भएका छन् भने, वाणिज्यतर्फ नवलपुरमा गत आर्थिक वर्षमा जम्मा एक हजार १५८ वटा व्यवसाय थप भएका छन् । गत आर्थिक वर्षमा थपिएको संख्यासहित वाणिज्यतर्फ कुल आठ हजार ११६ व्यवसाय रहेको घरेलु तथा साना उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले यस अनलाईनलाई बताए।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved