रामजी प्रजापति
नवलपरासी, साउन २२ । पश्चिम नवलपरासी कलाकार संघ नवलपरासीले प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। विभिन्न क्षेत्रमा रहेका कलाकारहरुको एउटा सिङ्गो टिम बनाएर अगाडि बढ्ने सोचको साथ कलाकार संघ बनाईएको छ ।



गाउँ, घर तथा शहरमा लुकेर रहेका कलाकार जो कसै कसैले ठाउँ नपाएर आफ्नो कलाको प्रदर्शन गर्न पाईरहेका थिएनन् , ती सबै कलाकारहरुलाई सोही अनुसारको ठाउँ दिएर विभिन्न भिडियो तथा सडक नाटको रुपमा कलालाई जागरुक गराई अघि बढ्ने भनेर अध्यक्ष लोकजी मिजारले जानकारी दिएका छन ।


कलाकार संघ नवलपरासीले आउने दिनहरूमा लागुऔषध, बाल बिवाह, बहु बिवाह र महिला हिंसा बिरुद्ध घटिरहेको घटनाहरूको न्युनिकरण गर्नको लागि विभिन्न पालिका तथा गाउँमा गएर आफ्नो कलाको माध्यमबाट सडक नाटक तथा भिडियोहरुको माध्यमबाट देखाउने छ ।
कलाकार संघ नवलपरासीको प्रथम जिल्ला अधिवेसनबाट कलाकार संघ नवलपरासीको जिल्ला कार्यसमिती र बर्दघाट नगरपालिका, सरावल गाउँपलिका, सुनवल नगरपालिका, प्रतापुर गाउँपालिका र सुस्ता गाउँपलिकामा कलाकार संघको पालिका कार्यसमिती गठन गरिएको छ।








