Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

जिल्ला प्रशासन कार्यालय नवलपुरको कम्जोर व्यवस्थापनका कारण सेवाग्राहीहरुलाई सास्ती

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | मध्यान्ह ०१:०४ बजे

तिलु खोँजेली मगर
नवलपुर, २२ श्रावण । नवलपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा व्यवस्थानको कमी कमजोरीका कारण दैनिकरूपमा सेवाग्राहीहरुले सास्ती भोग्न बाध्य भएका छन् ।

राष्ट्रिय परिचय पत्रको फारम दैनिक ८० जनाले भन्दा‌ बढीले‌ भर्न नपाउने भएकोले पालो नपाउला‌ की भनेर सेवाग्राहीहरु बिहान ७ बजेदेखि नै लाईनमा‌ बस्न बाध्य छन् । लाइनमा बस्दा‌‌ पनि पावर र पाहुँच हुनेहरुले बिच-बिचमा‌ घुसाउने गर्दा सोझा साझाहरु घण्टौसम्म लाईनमा बस्दा पनि काम नबन्ने गरेको सेवाग्रहीहरुको गुँनासो छ । जिल्ला प्रशासन कार्यालयले एक बर्ष अगाडी नै राष्ट्रिय परिचय पत्रको फारम भर्नको लागी हरेक पालिकाका प्रत्येक वडाहरुमा सिबिर सञ्चालन गरेता पनी त्यस बखतमा भरेका‌ कतीपय फारमहरु अहिल्यैसम्म पनि एप्रुभ नभएको‌ले परिचय पत्रको नम्बर नआउने गर्दा सेवाग्राहीहरुले थप सास्ती भोग्नु परेको हो ।

arkhala ads

एकजना युवाले भन्नुभयो `म‌ राहदानीको फारम भर्न आएको दुई दिन भइसक्यो । अहिलेसम्म फारम भर्न पाएको छैन । शोर्स-फोर्स लगाउन सकेको भए त हिजो नै बन्ने‌ थियो होला । त्यसको लागी पहुँच नै छैन । मलाई त लाग्छ, यहाँ त कार्यालयको बिधान र उचित व्यवस्थापन अनुसार सेवाग्राहीहरुलाई सेवा दिनुभन्दा पनि पावर, पहुँच र घुष अनुसार काम भएको जस्तो लाग्छ र त्यो कुरा यहाँका हरेक क्षेत्रका कर्मचारीहरुको क्रियाकलाप र‌‌ व्यवहारले‌ स्पष्ट पार्छ ।´

यति मात्र होइन यहाँको समस्या यहाँका कार्यालय, यहाँको C.D.O, हाकिमहरुको शान र माथिल्लो तह देखी तल्लो तहसम्मका कर्मचारीहरुको शान बाहिरबाट जस्तो शानदार देखिन्छ । कार्यालयभित्र पसिसकेपछी हामीले त्यसको बिपरित पाउँछौ । किन भने त्यो कार्यालयमा न त कार्यालय भित्रका संरचनाहरुको व्यवस्थापन राम्रो छ न त सेवाग्राहीहरुको उचित व्यवस्थापन नै शौचालयभित्र त झनै पसिनसक्नु छ । न त पानीको सुबिधा नै छ । शौचालयभित्र भोला‌‌ र‌ सेनेतरी प्याडको खोल जथाभाबी फालेर राखेको देखिन्छ भने कार्यालयको वरीपरी फोहोर राख्नको लागी डस्बिन राखिएता पनि फोहोर भरिएर बाहिर पोखिएर गन्हाउदा‌ पनि फोहोरको उचित व्यवस्थापन भएको छैन । यो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved