Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

स्याङ्जामा ६ महिने छोरीको हत्‍या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जना पक्राउ

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | मध्यान्ह ०५:०४ बजे

बुटवल, साउन २२ । स्याङ्जामा छ महिने छोरीको हत्या गरी शौचालयमा फालेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गल्याङ नगरपालिका – २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका – १० कुमाल गाउँका २२ वर्षीय केदार कुमाल रहेको जिल्‍ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन् ।

arkhala ads

लक्ष्मी साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरी लिएर सम्पर्कबिहीन भएकी थिइन् । उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए । प्रहरीले लक्ष्मी रामपुरका केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्राप्त गर्‍यो । सोही सूचनाको आधारमा उनीहरुको खोजी गर्दै जादा लक्ष्मी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका – ३ गल्याङ बजारमा फेला परेकी थिइन् ।

‘पहिले लक्ष्मी फेला परिन् । उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन् । तर त्यहाँ पनि रहेनछ ।’

प्रहरीले अनुसन्धान गर्ने क्रममा लक्ष्मीले साउन १० मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो । प्रहरीले त्यहाँ शव सडिगलिसकेको अवस्थामा फेला पारेको थियो । लक्ष्‍मी र केदारलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved