Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

प्रेस युनियन नवलपुरद्वारा नव निर्वाचित केन्द्रीय अध्यक्ष लम्सालसहित ५ जना सम्मानित

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २२ | मध्यान्ह ०७:०४ बजे

कावासोती । नेपाल प्रेस युनियन नवलपुरले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने ५ जनालाई सम्मानित गरेको छ । कावासोतीमा आयोजित एक विशेष कार्यक्रममा प्रेस युनियन नवलपुरले नवनिर्वाचित केन्द्रीय अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, केन्द्रीय सदस्यद्वय घनश्याम बगाले, कृष्णकुमारी ढकाल र पत्रकारितामा विद्यावारिधि गरेका डा. भूमिराज चापागाईंलाई सम्मानित गरेको हो ।

उनिहरुलाई प्रमुख अतिथि एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष लम्सालले नेपाल प्रेस युनियन सदैव श्रमजीवी पत्रकारहरुको पक्षमा रहेको बताए । उनले श्रमजीवी पत्रकारहरुको हक अधिकारको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता ब्यक्त गर्दै यसका बिरुद्द कसैसँग सम्झौता नगर्ने बताए ।

arkhala ads

प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक सस्था भएको उल्लेख गर्दै अध्यक्ष लम्सालले प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई स्वतन्त्र तवरले काम गर्न कांग्रेसले छुट दिनु पर्ने बताए । सम्मानित ब्यक्तित्व डा भुमिराज चापागाईंले पत्रकारिता क्षेत्रलाई जनताले सबै भन्दा बढी बिश्वास गर्ने बताए । उनले जनताको बिश्वास लाई केन्द्रमा राखेर पत्रकारले सन्तुलित भएर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ओमकला गौतम, नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर राना, उपसभापति, बालकृष्ण घिमिरे, सचिब होमराज रानाभाट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष नकुल अर्याल, सम्मानित व्यक्ति भुमिराज चापागाईं, नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नवीन पौडेललगायतले आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved