Skip to content
Follow us:
Facebook Twitter Youtube
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश
  • समाचार
  • बाग्मती प्रदेश
  • राजनीति
  • सूचना-प्रविधि
  • बिजनेस
  • स्वास्थ्य
  • विचार/ब्लग
  • विदेश

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा तीनपांग्रे सवारीमा स्टिकर अनिवार्य

  • Picture of बुलिङटार प्रेस बुलिङटार प्रेस
  • २०७९ साउन २३ | बिहान ०८:०४ बजे

हेटौंडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र चल्ने तीनपांग्रे सवारीसाधनलाई नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ ।

हेटौँडा उपमहानगरले अधिकांश तीनपांग्रे सवारीसाधन नियमपूर्वक सञ्चालनमा नरहेको भन्दै नियन्त्रणमा ल्याउन स्टिकर अनिवार्य गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा बिहीबारबाट उपमहानगरपालिकाले स्टिकर वितरणसमेत सुरु गरेको छ । पहिलो चरणमा यसअघि नै अनुमति लिइसकेका तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

arkhala ads

प्रवक्ता सविन न्यौपानेले स्टिकर वितरण गरेसँगै अब हेटौँडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएकाबाहेक अन्य तीनपांग्रे सवारीसाधनलाई निषेध गरिने बताए । उनका अनुसार गत ३२ असारमा उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँग गरेको पटक–पटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावका आधारमा कार्यपालिकाले स्टिकर वितरण अभियान सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो ।

उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब सात सय अटो र मयुरी भए पनि अहिले तीन हजारभन्दा बढी संख्यामा सञ्चालनमा रहेको अनुमान गरिएको छ । स्टिकर टाँस्ने कार्यले उपमहानगरको राजस्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत टेवा पुग्ने नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । ‘स्टिकर वितरणले बजार क्षेत्रमा यातायात व्यवस्थापनमा सहयोग पुग्ने र तीनपांग्रे सवारीलाई नियन्त्रणमा ल्याउन सहज हुने अपेक्षा गरिएको छ,’ मेयर लामाले भनिन् । ७ पुस ०७६ को कार्यपालिका बैठकले उपमहानगर क्षेत्रमा तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो ।

उक्त मितिपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति परमिट लिएर हेटौँडा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगर अगाडि बढेको हो । हालसम्म कारबाहीमा नपरेको, यात्रुलाई जिम्मेवार भएर सेवा दिएको भन्दै मयुरीचालक कृष्णप्रसाद दुलाल र इन्दिरा सापकोटालाई नगदसहित कार्यक्रममा सम्मान गरिएको थियो ।

कमेन्टहरु

ताजा खबरहरु

सबै
537A7AF9-FF70-4F35-BF77-0D36A5FDA7CF

ओझेलमा पर्दै धौबादी डाँडा, पर्यटन प्रवर्द्धनमा सरोकारवालाको...

  • २०८३ भदौ ३१ | बिहान ०५:०५ बजे
IMG_20260914_170645

हुप्सेकोटको घाँगी भीरबाट निरन्तर धुवाँ, स्थानीयमा त्रास...

  • २०८३ भदौ २९ | मध्यान्ह ०५:०५ बजे
received_1105163951834349

मगर भाषाका आदिकवि रेखबहादुर सारू मगरको ८३औँ...

  • २०८३ भदौ २९ | बिहान ०६:०५ बजे
file_00000000f98c8211a994717330126f08

स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

  • २०८३ भदौ २४ | मध्यान्ह ०८:०५ बजे

हाम्रो बारेमा

बुलिङटार प्रेस प्रा.लि.द्वारा संचालित

(२०७९/०४/०२ ) गते बाट संचालन

बुलिङटार प्रेस डट कम

www.bulingtarpress.com

सूचना तथा प्रसारण विभाग दर्ता नं:-३५३९/०७९/०८०

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं.-३५४५/०७९/०८०

कम्पनी दर्ता नं:-२९३७९४/०७९/०८०

स्थायी लेखा नम्बर:-६१०३१३८६४

Facebook Twitter Youtube

हाम्रो टीम

प्रबन्ध निर्देशक : धन बहादुर सिन्जाली

सह-प्रबन्ध निर्देशक : नन्द लाल सारु मगर

सम्पादक : दिपक कुमाल

संवाददाता : याम कृष्ण सारु मगर

संवाददाता : विष्णु माया दिसुवा

सम्पर्क

नम्बर: +९७७९८४५६३०६३५

समाचार प्रमुख : +९७७९८५५०६०८२७

इमेल : [email protected]

info.bulingtarpress.com

प्रधान कार्यालय : बुलिङटार गा.पा.-१, कफाल डाँडा,नवलपुर

(गण्डकी प्रदेश) 

सम्पर्क कार्यालय : गैँडाकोट नवलपुर (गण्डकी प्रदेश) 

प्रकाशित

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

BulingtarPress ©2026 All right reserved